
सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक गरेको छ।
यसले कम मूल्यमा प्रिमियम एआई सुविधा, भरपर्दो कार्यसम्पादन, भरपर्दो सुरक्षा र दीर्घकालीन सफ्टवेयर सपोर्ट खोजिरहेका युवा उपभोक्ताहरूका लागि तयार पारिएको आफ्नो लोकप्रिय ग्यालेक्सी ए सिरिजको विस्तार गरेको छ।
सामसङ नेपालका MX बिजनेस, सिनियर डाइरेक्टर प्रणयरत्न स्थापितका अनुसार नयाँ ग्यालेक्सी ए सिरिजले धेरै भन्दा धेरै ग्यालेक्सी प्रयोगकर्ताहरू बीचमा नयाँ प्रविधि पुऱ्याएर एआईलाई सबैको पहुँचमा ल्याउने हाम्रो निरन्तर प्रतिबद्धतालाई झल्काउँछ।
'असम इन्टेलिजेन्स'को संयोजनका साथ ग्यालेक्सी A27 5G ले विश्वभरका प्रयोगकर्तालाई भरपर्दो दैनिक कार्यसम्पादन प्रदान गर्ने र एआईको द्रुत विस्तारलाई बढावा दिने उनले बताए ।
हरेक पलका लागि इमर्सिभ डिस्प्ले
ग्यालेक्सी A27 5G मा ७.८ एमएम slim प्रोफाइल र १२० हर्ज (120Hz) रिफ्रेस रेट सहितको ठूलो ६.७ इन्चको FHD+ Super AMOLED डिस्प्ले रहेको छ, र यो Light Green, Light Pink र Black रङहरूमा मा उपलब्ध छ।
सामसङले यस डिस्प्लेमा अपग्रेड गरिएको इन्फिनिटी-ओ (Infinity-O) पन्च-होल डिजाइन ल्याएको छ, जसले डिस्प्लेलाई अझ बढाउन क्यामेरा को क्षेत्रलाई कम गरेर सफा र अझ इमर्सिभ अनुभव प्रदान गर्दछ।
काम र खेलका लागि सिम्लेस पावर
यसको ४ एनएम (4nm) स्न्यापड्रैगन® ६ जेन ३ (Snapdragon® 6 Gen 3) मोबाइल प्लेटफर्मको साथ, यो डिभाइस एपहरू स्विच गर्ने, भिडियोहरू स्ट्रिम गर्ने र AI एप्लिकेसनहरू चलाउने प्रयोगकर्ताहरूका लागि भरपर्दो कार्यसम्पादन प्रदान गर्न इन्जिनियर गरिएको छ।
