०३ साउन २०८३, आइतबार

मोरङको कञ्चनबारीमा 'अन्नपूर्ण बाथवेयर एन्ड मार्बल्स'को उद्‌घाटन, कजारिया रमेश टायल्सको उपस्थिति थप सुदृढ

असार २९, २०८३
मोरङ
मोरङको कञ्चनबारीमा 'अन्नपूर्ण बाथवेयर एन्ड मार्बल्स'को उद्‌घाटन, कजारिया रमेश टायल्सको उपस्थिति थप सुदृढ

नेपालकै अग्रणी टायल ब्रान्ड कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार पहुँच बढाउँदै मोरङको कञ्चनबारीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

'अन्नपूर्ण बाथवेयर एन्ड मार्बल्स’सँगको सहकार्यमा व्यवस्थापन गरिएको यस आधुनिक शोरुमले मोरङ र आसपासका क्षेत्रका स्थानीय घरधनी, निर्माण व्यवसायी र इन्टेरियर डिजाइनरहरूलाई विश्वस्तरीय वाल, फ्लोर र बाथवेयर सोलुसन्स प्रत्यक्ष रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ ।​

कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपाल तथा अन्नपूर्ण बाथवेयर एन्ड मार्बल्सका व्यवस्थापन टोलीको विशेष उपस्थितिमा यही असार २५ गते शोरुमको औपचारिक उद्‌घाटन गरिएको हो ।

आकर्षक र ग्राहक–मैत्री ढाँचामा सजाइएको यस शोरुमले खरिदकर्ताहरूलाई उत्कृष्ट र नयाँ सपिङको अनुभव गराउनेछ ।

शोरुममा आउने ग्राहकहरूले विभिन्न प्रिमियम टायल्सका प्याटर्न, टेक्सचर र फिनिसिङलाई प्रत्यक्ष हेरेर, महसुस गर्दै आफ्ना व्यक्तिगत वा व्यावसायिक परियोजनाका लागि उत्कृष्ट डिजाइन सहजै रोज्न सक्ने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्