
वाणिज्य बैंकहरूले गत आवको अन्तिम महिना असारमा मात्रै १ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । वर्षभरिमा जम्मा ३ खर्ब ४० अर्ब रुपैयाँको निक्षेप संकलन गरेका छन् । बैंकहरूले आवको अन्तिम महिना असारमा मात्रै कुल निक्षेपको ४१ प्रतिशत रकम संकलन गरेका छन् ।
बैंकहरूले असारमा मात्रै करीब डेढ खर्ब निक्षेप संकलन गरेका भए पनि उक्त महिना कर्जा प्रवाह भने ठप्प छ । बैंकहरूले आर्थिक वर्षको अन्तिम महिना भएकोले कर्जा निक्षेप अनुपात (सीडी) रेसियो मिलाउन लगानी रोकेका हुन् ।
बैंकहरूले जेठसम्ममा नै सीमाभन्दा बढी लगानी गरेका कारण असारमा नयाँ लगानी गरेनन् । असारमा नयाँ लगानी नगरेको र पुराना कर्जापनि १८ अर्ब रुपैयाँ फिर्ता लिएका छन्
वाणिज्य बैंकहरूले निक्षेप भन्दा ऋण लगानी १ खर्ब १४ अर्ब बढी गरेका छन् । बैंकहरुले गत आवमा ३ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप आउँदा ४ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तो कर्जा निक्षेपको तुलनामा ३३.५२ प्रतिशत बढी हो ।