भदौ २६, २०८०
ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...
साउन ४, २०७९
रत्नपार्कमा बनिरहेको १२ तल्ले काठमाडौं भ्यू–टावर समयमा निर्माण सम्पन्न नगरेको ठेकेदार कम्पनीले सम्झौता नवीकरणका लागि महानगरपालिकामा निवदेन दिएको छ ।
पाँच वर्षमा काम सम्पन्न गर्ने गरी २०७१ सालमा जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले काम शुरू गरेको थियो ।
तर, अहिलेसम्म पनि भौतिक प्रगति निकै कम रहेको महानगरपालिकाका सहायक प्रवक्ता महेशकुमार काफ्लेले बताए ।
रत्नपार्कस्थित बसपार्कको २३ रोपनी ५ आना जग्गामा काठमाडौं महानगरपालिकाले बहुउद्देश्यीय भ्यूटावर बनाउन थालेको हो ।
तर, ठेकेदार कम्पनीले विभिन्न बहाना देखाएर काम नगरेपछि तोकिएको समयमा टावर निर्माण हुन सकेको छैन ।
नक्सा स्वीकृत भएको १२ तलामध्ये अहिलेसम्म ८ तलाको मात्रै स्ट्रक्चर बनेको छ ।
उक्त टावर निर्माण र सञ्चालनका लागि काठमाडौं महानगरले जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिलाई सम्पूर्ण लगानीसहित टावर बनाउन र ३० वर्षसम्म सञ्चालनका लागि अनुमति दिइसकेको छ ।
कम्पनीले सम्झौता गरेको एक वर्षपछि मात्रै काम शुरू गरेको थियो।
उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त भ्यु टावरको शिलान्यास गरेका थिए। समयमा काम सम्पन्न नहुनुमा निर्माण कम्पनीले कोरोना महामारी र लकडाउनलाई कारण देखाएको छ ।
‘भ्यू-टावर निर्माणका लागि सामग्री र कामदार दुवै भारतबाट ल्याउनुपर्छ । तर, कोराना महामारीको समयमा निर्माण कम्पनीले सामग्री र कामदार जुटाउन नसकेको बताएको थियो ।
त्यसैले काममा ढिलासुस्ती भएको कम्पनीको दाबी छ’, महानगरपालिकाका सूचना अधिकारी महेशकुमार काफ्लेले भने ।
अहिले काम गर्ने म्याद गुज्रिएकाले म्याद थप गर्नका लागि निर्माण कम्पनीले महानगरपालिकामा निवेदन दिएको काफ्लेले बताए ।
उक्त टावर बनाउनका लागि तत्कालीन समयमा ४ अर्बको लागत अनुमान गरिएको भए पनि अहिले भने भ्यू–टावरको लागत ४० प्रतिशतले बढ्न सक्ने काफ्लेले बताए।
भ्यू–टावर निर्माणको काम जारी रहेको समयमा पनि वर्षायामपछि भने टावरको बेसमेन्टमा रहेको २ तल्लामा भने पार्किङ सञ्चालनमा ल्याउन सकिने काफ्लेले बताए ।
अबको २ महिनापछि पार्किङ सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।
के–के हुनेछन् टावरमा ?
निर्माणाधीन उक्त भ्यू-टावरको बेसमेन्टमा दुई हजार सवारी साधन अट्ने गरी पार्किंङ बन्ने छ ।
त्यसैगरी, सिनेमा हल, स्विमिङ पुल, शपिङ कम्प्लेक्स, रेस्टुरेन्टसहितको विशेषता रहने महानगरले जनाएको छ।
हेर्नुहोस्, भिडियो :
ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ । सरकारी मर्यादाक्रममा मुख्यसचिव ...
मंगलबार राति निधन भएका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सोमवार दिउँसोदेखि नै बिसञ्चो रहेको नेताहरूले बताएका छन् । एमाले सचेतक सचेतक महेश बर्तौलाका अनुसार नेम्वाङले सोमवार दिउँसो नै आफूलाई सञ्चो छै...
साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् । सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...
गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो । नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ । श्रीकृष्ण जन्माष्टमीका...
पूर्व अरनिको यातायात प्रा.लि.ले झन्डै १० करोड रुपैयाँ खर्चेर जडीबुटीमा निर्माण गरिरहेको सुविधासम्पन्न बसपार्क सञ्चालनमा नआउँदै अन्योलमा परेको छ । काठमाडौं महानगरपालिकाले सञ्चालन गर्न नदिने भनेर अड्डी कसेपछि ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...