
अर्को साता माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो नतिजा प्रकाशित हुने जनाएको हो । बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले समय सरेको बताए । बोर्डले असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताउँदै आएपनि ढिलाइ भएको छ ।
गत वैशाख ९ गतेदेखि सञ्चालन भएको एसईईमा करिब ५ लाख विद्यार्थी सहभागी थिए ।