०३ असार २०८३, बुधबार

अप्टिकल इल्युजनः यो तस्वीरमा पहिले के देख्नुभयो ? त्यसले बताउनेछ तपाईंको व्यक्तित्व

साउन ५, २०७९
अप्टिकल इल्युजनः यो तस्वीरमा पहिले के देख्नुभयो ? त्यसले बताउनेछ तपाईंको व्यक्तित्व

आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् ।

यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् । 

अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो ।

यस्ता तस्वीर हेर्दा तपाईंको दिमाग घुम्न सक्छ । 

अब यो तस्वीरलाई ध्यान दिएर हेर्नुहोस् र भन्नुहोस् पहिले के देख्नुभयो ? 

तस्वीरहरू हेर्दा सामान्य लाग्छन्, तर लुकेका चीजहरू फेला पार्न भने तपाईंलाई निकै सकस पर्न सक्छ ।

यो तस्वीर हेर्नुभयो भने यसमा तपाईंले एउटा चेहरा देख्न सक्नुहुन्छ । 

अझै गहिरिएर हेर्नुभयो भने त्यही तस्वीरमा माछा पनि देख्न सकिन्छ ।

अब तपाईंको आँखा सबैभन्दा पहिले केमा जान्छ ? त्यसले तपाईंको व्यक्तित्व समेत खुलाउने छ । 

तपाईंले यस तस्वीरमा पहिला के देख्नुभयो ? चेहरा वा माछा ? 

यदि तपाईंले पहिले चेहरा देख्नुभयो भने तपाईं दोस्रो व्यक्तिलाई कुराले नै भुलाउन सक्नुहुन्छ । अर्थात निकै राम्रोगरी तपाईं दोस्रोसँग कुराकानी गर्न सक्नुहुन्छ । तपाईंको ‘कम्युनिकेशन स्किल’ एकदमै राम्रो छ भन्ने अर्थ लाग्न सक्छ ।

यदि तपाईंले पहिले माछाको चित्र देख्नुहुन्छ भने तपाईं जीवनमा निकै धेरै खुशी हुनुहुन्छ । 

यदि आफ्नो योजनाअनुसार काम नबनिरहेको अवस्था छ भने पनि बिस्तारै आफ्नो काममा सुधार गर्दै लैजान सक्ने  क्षमता तपाईंमा छ ।

अब तस्वीरमा के देख्नुभयो ? महशुस गर्नुहोस् । 

एउटा रुख देखिन्छ जसको छेउमा एक व्यक्ति उभिएको छ । तर तस्वीरलाई ध्यान दिएर हेर्नुभयो भने त्यसमा बनेको अनुहार देख्नुहुनेछ ।

जब तपाईं रूखको आकारलाई नजिकबाट हेर्नुहुन्छ, तपाईंले अनुहार देख्नुहुनेछ । यो तस्वीरमा केही मानिसले पहिले अनुहार देखे, त्यसपछि धेरैले रुखको छेउमा उभिएको मान्छे देखे । 

यदि तपाईंले यो तस्वीरमा सबैभन्दा धेरै अनुहार देख्नुहुन्छ भने, तपाईं आफ्नो भन्दा अरूको बारेमा सोच्नुहुन्छ । 

यो तस्वीरमा रुखको छेउमा उभिएको मानिसलाई पहिलो पटक देख्नेहरु सपना देख्ने र पूरा गर्ने विश्वास गर्छन ।
 

salt training

कमेन्ट गर्नुहोस्