०२ असार २०८३, मंगलबार

पेट दुखेपछि शौचालय जाँदा अचानक बच्चा जन्मियो, गर्भवती भएको थाहै थिएन !

साउन ५, २०७९
पेट दुखेपछि शौचालय जाँदा अचानक बच्चा जन्मियो, गर्भवती भएको थाहै थिएन !

बच्चा जन्मिने अवस्थासम्म पुग्दा पनि महिलालाई गर्भवती भएको थाहै हुँदैन ? पत्याउन गाह्रो पर्छ तर ब्रिटेनमा यस्तै घटना भएको छ ।

२२ वर्षीय एयर होस्टेज लुसी जोन्सको पेट दुखेपछि उनी शौचालय गइन्, शौचालयमा अचानक बच्चाको २ खुट्टा देखेर बच्चा जन्मिएको थाहा पाइन् । उनी आफैं छक्क परिन् । उनलाई आफू गर्भवती भएको थाहा थिएन ।

केही दिनअघि उनले एयरलाइन्समा स्वास्थ्य जाँच गराउँदा ‘फिट टू फ्लाई’ घोषणा गरिएको थियो । उनी नियमित महिनावारी भइरहेको पनि ठानिरहेकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले गर्भनिरोधक साधनको समेत प्रयोग गरेकी थिइन् । उनले २ पटक गर्भ जाँच गराउँदा ‘नेगेटिभ’ रिपोर्ट आएको थियो । सुत्केरी हुनुभन्दा १ रातअघि उनलाई पिठ्यूँ र पेटमा सामान्य दुखाइ भएको थियो ।

उनले भनिन्, ‘मलाई तबसम्म गर्भवती भएको थाहा थिएन, जब मैले शौचालयमा बच्चा देखें ।’

salt training

कमेन्ट गर्नुहोस्