
युवायुवतीको विवाह भएको छ सबैले सुनेका हुन्छन् तर युवतीहरूले नै आपसमा विवाह गरेको कमै सुनिन्छ । भारत र पाकिस्तानकी २ युवतीले विवाह गरेको खबर भाइरल भएको छ ।
भारत र पाकिस्तानबीच खटपट र द्वन्द्व भइरहन्छ तर भारतकी बियांका माइली र पाकिस्तानकी साइमा अहमदीको ‘लभ स्टोरी’ उदाहरणीय देखिएको छ ।
मूल रूपमा भारत र पाकिस्तान निवासी भए पनि दुवैले अमेरिकामा विवाह गरेका खबरमा उल्लेख छ । दुवैको देश मात्रै होइन, धर्म पनि छुट्टाछुट्टै छन् । बियांका क्रिस्चियन हुन् भने साइमा मुस्लिम हुन् ।