०३ असार २०८३, बुधबार

सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

असार २, २०८३
काठमाडौं
सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा, यातायात व्यवस्थापन, दुर्घटना न्यूनीकरण र पूर्वाधार सुधारका विषयमा केन्द्रित रही छलफल भएको छ ।

बैठकमा सांसद तथा विज्ञले बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी नीति कार्यान्वयनमा जोड दिए ।

समिति सभापति आशिष गजुरेलले सुझावलाई कार्यान्वयनमा लैजान समितिले सहजीकरण गर्ने बताए । उनले सडक सुरक्षा अत्यन्त संवेदनशील विषय भएकाले सरकार यसमा गम्भीर हुनुपर्ने बताए ।

सडक सुरक्षासम्बन्धी विधेयक बनेको पाँच वर्ष बितिसक्दा पनि संसद्‌मा पेस हुन नसकेको उल्लेख गर्दै उनले सडक पूर्वाधार समयमै निर्माण नहुँदा समस्या बढिरहेको बताए ।

एकीकृत यातायात नीति रहे तापनि सम्बन्धित मन्त्रालय हटाइएको विषय उठाउँदै उनले भावी पुस्ताको सुरक्षाका लागि पनि सडक सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्