
सिप्रदी ट्रेडिङ्ग प्रालिले लोकोन्याभ नेपाली बजारमा बिक्री वितरण शुरू गरेको छ ।
लोकोन्याभ उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन हो जसले गाडीहरुलाई प्रभावकारीरूपले व्यवस्थापन गर्न मद्दत पुर्याउँछ ।
गाडीको ट्रयाकिङ, इन्धन सुपरिवेक्षण र भिडियो टेलिम्याट्रिक्स जस्ता प्रयोजनका लागि लोकोन्याभ अन्यन्त उपयुक्त छ ।
'सिप्रदी ट्रेडिङ्ग प्रालिले शुरूवाती दिनदेखि नै आफ्ना ग्राहकहरूको वृहत हितलाई ध्यानमा राखी अटोमोटिभ एवं सो सम्बन्धित व्यापारको क्षेत्रमा आफूलाई सशक्त ढंगले अगाडि बढाइरहेको छ । यसै परिप्रेक्षमा कम्पनीले लोकोन्याभ नेपाली बजारमा ल्याएको छ जसले गाडीको सही व्यवस्थापन गर्न ठूलो सहयोग गर्नेछ,' सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने,'यस लोकोन्याभ प्लेटफर्म मार्फत सिप्रदीले नेपालको गाडी व्यवस्थापन प्रणालीमा आमुल परिवर्तन गर्ने लक्ष्य राखेको छ ।'
यसैगरी लोकोन्याभका सहसंस्थापक श्रीधर गुप्ता भन्छन्,'हामी केही दिनमा नै छैठौं वर्षमा प्रवेश गर्दैछौं र यसलाई हाम्रो नेपालस्थित सिप्रदीसँगको बलियो सहकार्यले अझ विशेष बनाउँदैछ । हामी नेपाल जस्तो आर्थिक रुपमा उदियमान बजारमा उत्कृष्ट भन्दा उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन प्रदान गर्न प्रतिबद्ध छौं ।'
लोकोन्याभ एक यस्तो सफ्टवेयर कम्पनी हो ।
यसले विश्वका उदियमान एवं गतिशील बजारहरुका चालक एवं गाडी धनीहरुको फ्लिट म्यानेजमेन्टको पहुँचलाई सरल बनाउने तर्फ केन्द्रित रहेको कम्पनीले जनाएको छ ।