२७ जेठ २०८३, बुधबार
नेपाल बन्दैछ

विदेशकै झल्को दिने खालको बन्यो त्रिभुवन विमानस्थलको आगमन कक्ष [भिडियो]

साउन ९, २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षलाई पहिलेभन्दा सुधार गरेर अन्तर्राष्ट्रियस्तरकै बनाइएको छ ।

यात्रु झर्ने बितिक्कै विकसित देशझै अन्तर्राष्ट्रिय विमानस्थलको जत्तिकै अनुभूति गर्छन् । यात्रुलाई विगत जस्तो लामो लाइन लाग्नु पर्दैन । अद्यागमनमा पनि यात्रुलाई विगत जस्तो झन्झटिलो प्रक्रियाको सामना गर्नु पर्दैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५१ रोपनी जग्गामा फैलिएको आगमन कक्ष निर्माण र सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले आईएमएस ग्रूपलाई सम्पूर्ण लगानीसहित आगमन कक्ष बनाउन र ३० वर्ष सञ्चालनका लागि अनुमति दिइएको लोकान्तरसँगको कुराकानीमा महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।

जसअनुसार आईएमएस ग्रूपले विक्रम संवत् २०७७ साललाई कक्ष सञ्चालन शुरू भएको अवधि मानेको छ भने नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७२ सालदेखि सञ्चालनमा आएको भनेर दाबी गर्दै अदालतमा मुद्दा विचाराधीन रहेको महाप्रबन्धक ठाकुरले बताए ।

इजरायलबाट आएर भर्खर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट निस्केकी लक्ष्मी काफ्ले भनिन्, ‘जहाजबाट सिधै अराइभल छिर्दा त अचम्म लाग्यो । ४ वर्ष पहिले म आउँदाको बखतभन्दा अहिले त धेरै सुधार भइसकेछ ।’ 

उनीजस्तै अचम्म मान्दै स्विटजरल्याण्डबाट आएका ट्रेकिङ व्यवसायी रामबाबु गुरुङले भने, ‘अरु बेला त लामै लाइन बस्नुपर्ने स्थिति थियो भिसा काउन्टरमा । अहिले त १० मिनेट पनि लागेन मलाई, धेरै सजिलो बनाएछ ।’

डिपार्चर र अराइभललाई ‘वान वे’ गरेकोमा राम्रो लागेको गुरुङले बताए ।

यात्रु हवाईजहाजबाट झरेको १० मिनेटमै विमानस्थलको बाहिर रिङरोडमै पुग्न सक्छन् । दुबईबाट घर फर्केका अक्रुरकुमार सुवेदीले प्रशन्न मुद्रामा भने, ‘लिफ्ट, कार्पेट लगाइदिएको रहेछ मलाई त वाह भन्न मन लाग्यो । सबैले देख्ने गरी बाटैमा मनि एक्सचेन्ज काउन्टर पनि राखिदिएको रहेछ त्यो पनि राम्रो लाग्यो, पहिले त खोज्दै दिन बित्थ्यो ।’

इजरायलबाट लक्ष्मी काफ्लेसँगै आएका उनका पति लक्ष्मण उपाध्यायले सबै भौतिक पूर्वाधार राम्रो बनेको भए पनि विमानस्थलका कर्मचारीको व्यवहार राम्रो नभएको गुनासो पोखे । ‘विमानस्थलको आगमन कक्षलाई राम्रो बनाइदिएकोमा सरकारलाई धेरै–धेरै धन्यवाद छ तर विमानस्थलका कर्मचारीको व्यवहार भने राम्रो छैन । त्यतातिर पनि सरकारको ध्यान जाओस्,’ उनले थोरै दुःखी हुँदै भने ।

के–के छन् आगमन कक्षभित्र ?

५१ रोपनीमा फैलिएको नयाँ आगमन कक्षमा अत्याधुनिक शैलीको भौतिक पूर्वाधार बनेको छ । यात्रुका लागि भनेर आगमन कक्षमा कार्पेटिङ गरिएको छ । २४ घण्टै चल्ने गरी बतानुकुलित जडान गरिएको छ । लगेज बोक्न झन्झट नहोस् भनेर ट्रली, लिफ्ट अनि स्केलेटरको व्यवस्था गरिएको छ । चौबिसै घण्टा सरसफाइ गर्ने व्यक्ति राखिएको छ ।

यात्रु र सामानको सुरक्षाका लागि भनेर जताततै सीसीटीभी क्यामेरा जडान गरिएको छ । यात्रु ठगीमा नपरुन् भनेर सबैले देख्ने गरी बाटोमै मनि एक्सचेन्ज काउन्टर राखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्