माघ ७, २०७९
जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...
नेपालमा हाल ८ वटा विश्वविद्यालयअन्तर्गत १६ वटा कलेज तथा क्याम्पसहरूले कानूनमा स्नातक तह (B.A.LL.B) र काठमाडौं विश्वविद्यालयले (BEc.LL.B and BBM.LL.B) अध्यापन गराउँदै आएका छन् ।
कानूनी शिक्षालाई आधुनिक विश्वको एउटा महत्त्वपूर्ण शिक्षाको रूपमा लिने गरिन्छ । पछिल्लो पुस्ताका विद्यार्थीहरूमा पनि +2 पछि स्नातक तहमा कानूनको अध्ययन गर्न चाहनेहरूको सङ्ख्या बढ्दो छ ।
कानूनसम्बन्धी ज्ञान हुनु कानूनका विद्यार्थीहरू मात्र नभएर सबै नागरिकको दायित्त्व तथा कर्तव्य हो । कानूनको सिद्धान्तले पनि कानूनको अज्ञानतालाई क्षमा गर्दैन ।
सामाजिक, मानसिक, राजनैतिक, आर्थिक, धार्मिक जस्ता विभिन्न कुरासँग सम्बन्धित विकृति तथा विसंगतिहरूलाई नियन्त्रण तथा सन्तुलन गर्नका लागि कानूनी शिक्षा, कानूनका विद्यार्थी र कानूनकर्मीहरूको महत्त्वपूर्ण योगदान रहन्छ । जब देशमा राजनैतिक संकट पर्छ, तब न्यायालय गुहारिन्छ । जब मानिसलाई न्यायको आवश्यकता पर्छ, त्यो समयमा कानूनसम्बन्धी ज्ञाताको खोजी हुन्छ ।
नेपालमा यस्ता जनशक्ति उत्पादन गर्न कानूनी शिक्षा दिने शिक्षण संस्थाहरूमा कानून अध्ययन त्यति सहज भने छैन । कक्षा १२ को परीक्षा सकिएलगत्तै कानून अध्ययन गर्न चाहने विद्यार्थीहरू विभिन्न विश्व विद्यालयबाट सम्बन्धन प्राप्त 'ल कलेज'हरूमा पुग्ने गर्छन् ।
पूर्वाञ्चल विश्व विद्यालयअन्तर्गतको 'चक्रवर्ती हबी एजुकेसन एकेडेमी, कलेज अफ ल'ले हालै मात्र शुल्कमा अत्यधिक वृद्धि गरेपछि विद्यार्थीहरू आन्दोलित बनेका छन् । गत वर्षसम्म कानूनको ५ वर्षे कक्षाका लागि ७ लाख १६ हजार शुल्क रहेकोमा अहिले त्यसलाई बढाएर १० लाख ७० हजार पुर्याइएको छ ।
यसैगरी मनोमानी ढंगले शुल्क वृद्धि गर्दै जाने हो भने कानून पढ्ने सपना बोकेर हिँडिरहेका हजारौं विद्यार्थीहरूमाथि अन्याय हुन जान्छ । उनीहरूका लागि कानून अध्ययनको ढोका नै बन्द हुन्छ ।
कानून अध्यापन गराउने क्याम्पस तथा कलेजहरूले मनोमानी ढंगले शुल्क वृद्धिमा प्रतिस्पर्धा गरिरहेका छन् । यसलाई नियन्त्रण गर्नका लागि विश्वविद्यालयले नै मापदण्ड बनाई निश्चित शुल्क तोकिदिनुपर्छ ।
अन्य देशको कुरा गर्ने हो भने कानूनी शिक्षा लिन विभिन्न कठीन परिक्षा पास गरेपछि मात्रै भर्ना पाइन्छ । कतिपय देशमा शुल्कको निर्धारण बारले नै गर्छ । नेपालमा पनि अब बारले शुल्कको विषयमा मात्रै नभएर समग्र कानूनी शिक्षा नियमनको पहलकदमी लिन आवश्यक छ ।
नेपालमा बीए. एलएलबी अध्यापन गराउनका लागि सम्बन्धनप्राप्त त्रिविका दुई क्याम्पस नेपाल ल क्याम्पस र पृथ्वी नारायण क्याम्पसले मात्र बीए. एलएलबीका लागि फीको सिलिङ तोकेका छन् ।
हाल नेपालमा कानून पढाइरहेका कलेज तथा क्याम्पसहरू,पढाई हुने विषय र तिनीहरूको शुल्क संरचना
(स्रोत इन्टरनेट, सम्बन्धित कलेजको वेबसाइट र विद्यार्थीहरू) :
१.त्रिभुवन विश्व विद्यालयअन्तर्गत
• नेपाल ल क्याम्पस (B.A.LL.B)
शुल्क : ३,५३,५१०
• नेसनल ल कलेज (B.A.LL.B)
शुल्क : ७,३४,०००
• पृथ्वी नारायण क्याम्पस (B.A.LL.B)
शुल्क : ३,५३,५१०
२. काठमाडौं विश्व विद्यालय (BEc.LL.B and BBM.LL.B ),
शुल्क : ९,१२,०००
३. पूर्वाञ्चल विश्व विद्यालय
• कलेज अफ ल
शुल्क : ३,००,०००
• काठमाडौं स्कूल अफ ल
शुल्क : १२,००,०००
• चक्रवर्ती हबी एजुकेसन एकेडमी कलेज अफ ल
शुल्क : १०,७०,००० (हालै बढाइएको शुल्क)
• ब्राइट भिजन ल कलेज
शुल्क : ५,५०,०००
४. मिड वेस्टर्न विश्व विद्यालय कलेज अफ ल
शुल्क : ३,५२,०००
५. सुदूरपश्चिमाञ्चल विश्व विद्यालय
• केन्द्रीय क्याम्पस महेन्द्रनगर
शुल्क : १,९३,०००
• कैलाली बहुमुखी क्याम्पस
शुल्क : १,९३,०००
• टीकापुर बहुमुखी क्याम्पस
शुल्क : १,९३,०००
६. गण्डकी विश्व विद्यालय
शुल्क - ४,६०,०००
उल्लेखित शुल्क संरचना अध्ययन गर्ने हो भने विभिन्न ल कलेजले आफूखुशी शुल्क लिइरहेको देखिन्छ ।
निश्चय नै प्राइभेट कलेजमा प्रशासनिक र अन्य खर्च सरकारी कलेजको भन्दा बढी हुन आउँछ, तर लिइरहेको शुल्क खर्चको तुलनामा निकै उच्च देखिन्छ ।
अरू विषय(इञ्जिनियरिङ, एम.बी.बी.स) जति नै कानूनी शिक्षालाई महत्त्व दिई शुल्क बढाउँदै लगिएको हो भन्ने तर्क गरिन्छ, तर यो तर्क आफैंमा विवादास्पद छ । शुल्क बढ्दैमा महत्त्व बढ्ने भन्ने हुँदैन, घट्छ बरु ।
यसरी निजी कलेजहरूले मनलाग्दी ढंगले लिइरहेको शुल्क निश्चित सीमाभित्र राखी नियमन गर्न राज्यकै ध्यान जानु आवश्यक छ ।
जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...
नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...
(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...
सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...
समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...
दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...