१२ साउन २०८३, मंगलबार

शुरू भयो मोरू वालेटको स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा

शुरू भयो मोरू वालेटको स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा

मोरू डिजिटल वालेट मार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ ।

हालै पे नेप प्राइभेट लिमिटेड (मोरू) ले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग सम्झौता गरी  मोरू डिजिटल वालेट एप मार्फत ‘स्मार्ट क्यूआर’ सेवा शुरू गरेको हो ।

यससँगै मोरू एप प्रयोगकर्ताले देशभरका एक लाख साठी हजारभन्दा बढी मर्चेन्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने भएका  छन् । 

साथै मोरू वालेट प्रयोगकर्ताले हाल बीग मार्टमा किनमेल गर्दा मोरू वालेट मार्फत ‘स्मार्ट क्यूआर’  प्रयोग गरि भुक्तानी गरेमा १५% वा ३०० सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसै गरी भविष्यमा स्मार्ट क्यूआर भुक्तानीमा मोरू प्रयोगकर्ताले धेरै आकर्षक अफरहरू पनि प्राप्त गर्न सक्ने जानकारी सार्वजनिक गर्ने  समेत स्मार्ट क्यूआर नेटवर्क सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज् र मोरूले संयुक्त रूपमा जानकारी दिएका छन्  


 

salt training

कमेन्ट गर्नुहोस्