×

NMB BANK
NIC ASIA

कसरी जन्मिन्छ दुई टाउके बच्चा ? कारण जन्नुहोस्

साउन १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

हालै भारतमा दुईवटा टाउको भएको बच्चा (कन्ज्वाइन्ड ट्वीन्स)को जन्म भयो । ती बच्चाको दुईवटा टाउको, तीनवटा हात र दुईवटा मुटु थियो । तर शरीर भने एउटै । 

Muktinath Bank

भारत मध्यप्रदेशको रतलामका शाहीन खान र उनका पति सोहेलको सन्तानका रूपमा ती बच्चाको जन्म भएको थियो । भारतीय सञ्चारमाध्यम ‘आज–तक’का अनुसार उनीहरूलाई शुरूमा जुम्ल्याहा बच्चा जन्मिने बताइएको थियो । तर, बच्चा जन्मिदा शरीर एउटै, दुईवटा टाउको, दुईवटा मुटु र तीनवटा हात भएको बच्चा थियो । त्यसपछि तत्कालै ती बच्चालाई इन्दोरको एउटा ठूलो अस्पतालमा भर्ना गरियो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिकित्सकहरूका अनुसार यस्तो घटना एकदम कम हुन्छ । यस्तो अवस्थामा जन्मिएका बच्चाहरू जिवित रहने सम्भावना पनि एकदम कम हुन्छ । चिकित्सकहरूका अनुसार यस्तो अवस्था डाइसेफेलिक पैरापैगस नामक रोगका कारण हुन्छ । 


Advertisment
Nabil box
Kumari

‘डाइसेफेलिक पैरापैगस’ रोग एउटै शरीरमा दुईवटा टाउकोका साथ आंशिक रूपमा शरीर जोडिने एक दुर्लभ प्रकृतिको हुन्छ । यस्तो अवस्थाको नवजात शिशुलाई सामान्यतया ‘दुई टाउके’ भन्ने प्रचलन छ । यस्ता बच्चाको अधिकांश अवस्थामा आमाको पेटभित्रै वा जन्मिनेवित्तिकै निधन हुने हुन्छ । 

Vianet communication
Laxmi Bank

मायो क्लिनिकका अनुसार यस प्रकारको जुम्ल्याहा बच्चा पेल्भिस, पेट वा छाति जोडिएका हुन्छन् । तर, टाउको अलग–अलग हुन्छ । यसका साथै यस्तो जुम्ल्याहा बच्चाको दुई वा त्यसभन्दा बढी हात अथवा खुट्टा हुन सक्छ । यस्तो अवस्थामा केही बच्चाहरूलाई शारीरिक रूपमा अलग गरिएको छ । तर, त्यसरी अलग गर्दा बाच्ने सम्भावना ज्यादै न्यून हुन्छ । शरीर अलग बनाउने कुरा बच्चाहरूको कुन–कुन अंग कहाँ–कहाँ जोडिएको छ भन्ने कुरामा निर्भर रहन्छ ।
 
पैरापैगसको लक्षण 

यसको न त केही संकेत हुन्छ, न त लक्षण हुन्छ जसबाट पत्ता लगाउन सकियोस् कि जसबाट दुई टाउके बच्चा जन्मिँदैछ । बाँकी जुम्ल्याहा बच्चाजस्तै गर्भावस्थामा गर्भाशय निकै रफ्तारमा बढ्न थाल्दछ । महिलाहरूलाई गर्भावस्थाको शुरूवाती दिनमा ज्यादै थकान महसुुस हुने, चक्कर लाग्ने तथा बान्ता आउने समस्या हुनसक्छ । स्ट्याडण्र्ड अल्ट्रासाउण्डको माध्यमबाट गर्भावस्थाको शुरूवातमै जोडिएका जुम्ल्याहा बच्चाको बारेमा पत्ता लाग्न सक्छ । तर, सामान्य अल्ट्रासाउण्डबाट मात्रै यो पत्ता नलाग्न सक्छ । 

कस्तो पैदा हुन्छन् शरीर जोडिएका बच्चाहरू 

सामान्यतया उनीहरू कस्तो पैदा हुन्छन् भन्ने कुरा उनीहरूको शरीरको कुन भाग कसरी जोडिएको छ भन्ने कुरामा निर्भर गर्दछ । केही बच्चाहरूमा शरीरका केही अंगहरू जोडिएका मात्र हुन्छन् भने, केहीको एउटै अंगले दुईतर्फ काम गर्ने गरिएको पनि भेटिएको छ । 

यस्ता बच्चा जन्मिनुको कारण 

गर्भाधारणको केही हप्तापछि ‘फर्टिलाइज्ड एग’ दुई अलग–अलग भ्रूणमा बाँडिन्छ । यही भ्रूणमा मानव शरीरका अंगहरू बन्न थाल्दछन् । यस्तो अवस्थामा सामान्यतया जुम्ल्याहा बच्चा जन्मिन्छन् । तर, केही अवस्थामा भू्रण अलग–अलग हुने प्रक्रियामा रोकावट हुन्छ जसका कारण जुम्ल्याहा बच्चा जन्मिनुको साटो शरीरका भाग जोडिएका बच्चाहरू जन्मन्छन् । जसलाई ‘कन्ज्वाइन्ड ट्वीन्स’ भन्ने गरिन्छ । 

सामान्यताः ‘कन्ज्वाइन्ड ट्वीन्स’हरू छाती, पेट, मेरुदण्डको तल्लो भाग, मेरुदण्डको भाग, टाउको, टाउको तथा छाती, घाटीलगायत शरीरका अंग जोडिएका हुन्छन् । 
‘कन्ज्वाइन्ड ट्वीन्स’ सामान्यता दुर्लभ घटना हुन्छ । साथै गर्भावस्थामा ‘कन्ज्वाइन्ड ट्वीन्स’ जन्मिने कुरा पत्ता लगाउन पनि मुस्किल हुन्छ । र यसको कारण पनि पत्ता लगाउन मुस्किल पर्दछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x