०४ साउन २०८३, सोमबार

नेपाल बाथरोग मैत्री समाजको ११औँ वार्षिकोत्सव सम्पन्न, नयाँ कार्यसमिति गठन

नेपाल बाथरोग मैत्री समाजको ११औँ वार्षिकोत्सव सम्पन्न, नयाँ कार्यसमिति गठन

बाथरोग निवारण तथा सचेतना अभिवृद्धिको लागि काम गर्दै आएको नेपाल बाथरोग मैत्री समाजको ११औँ वार्षिकोत्सव सम्पन्न भएको छ । ललितपुरको सातदोबाटोमा शनिवार वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न भएको हो । 

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंह प्रमुख अतिथि रूपमा उपस्थित थिए । बाथरोग विशेषज्ञहरू प्रा.डा. बुद्धि पौड्याल, डा. दिपा शाह, डा. उज्वल रिसाल, डा. अमृत घिमिरे, डा. अमिृतकुमार राना, डा. कृष्ण अधिकारी, डा. सुमित पाण्डे, डा. प्रयुश शर्मा, डा. प्रदीप श्रेष्ठलगायत उपस्थित रहेका थिए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. दिपेन्द्ररमण सिंहले बाथरोग समाजले बाथरोग सम्बन्धी उपचारका लागि देशभर सेवा दिने कुरामा अघि बढ्नुपर्ने बताए । त्यसको लागि स्वास्थ्य सेवा विभागले सक्दो भूमिका खेल्ने बताए । उनले बाथरोग मैत्री समाजले देशलाई धेरै दिन सक्नेसमेत बताए । 

समाजका संस्थापक वरिष्ठ बाथरोग विशेषज्ञ प्रा.डा. बुद्धि पौडेलले बाथरोगको उपचार महँगो र दीर्घरोग भए पनि सरकारले यस रोग सम्बन्धमा बेवास्ता गरेको बताए । उनले क्यान्सर, मुटु, मृगौला रोगीहरूलाई जस्तै बाथ रोगीहरूलाई पनि सरकारले सहयोग गर्नुपर्ने बताए । 

साधारणसभाले समाजको नयाँ कार्य समिति पनि चयन गरेको छ । साधारणसभाबाट अध्यक्षमा मेनका आचार्य, प्रथम उपाध्यक्षमा रूपा विमल क्षेत्री, द्वितीय उपाध्यक्ष बलरामकृष्ण बन्जाडे चयन भएका छन् । 

महासचिवमा गणेश थापा, सचिव सुष्मा रेग्मी, कोषाध्यक्ष विजयराज अधिकारी, सहकोषाध्यक्ष टिकादेशी श्रेष्ठ तथा सदस्यहरूमा सरला श्रेष्ठ, टिका तिमल्सिना, राजु पन्थी र सविन कार्की चयन भएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्