चैत १७, २०८०
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
साउन १५, २०७९
दोस्रो विश्व युद्धका एक पाइलटले हालै १०२ औँ जन्मोत्सव मनाएका छन् । स्कटल्याण्ड निवासी ह्यारी ग्याम्पर नामक ति वृद्धले धुमधामका साथ आफ्नो जन्मोत्सव मनाएका हुन् । त्यसक्रममा उनले आफ्नो लामो आयुको राज पनि बताएका छन् । तीनवटा वस्तुको नियमित सेवनले आफू लामो समयसम्म बाँचेको उनको दाबी छ । उनले आफू हालसम्म पूर्णरूपमा स्वस्थ रहेको पनि बताएका छन् ।
‘द मिरर’का अनुसार १०२ वर्षका ह्यारी ग्याम्पर दोस्रो विश्व युद्धमा सामेल थिए । उनी रिटायर्ड पाइलट हुन् । दोस्रो विश्व युद्धका बेला उनी आरएएफ पाइलट थिए । उनको जन्म सन् १९२० मा भएको थियो । २०२० मा शुरू भएको कोरोना महामारीका बेला उनी १००औँ जन्मदिन मनाइरहेका थिए । तर, कोरोना महामारीका कारण जन्मदिन खास ढंगले बनाउने उनको चाहना भने अधूरो भयो ।
उनी फ्रान्स र जर्मनीमा सेवा पदकबाट सम्मानित भइसकेका छन् । उनले एटलान्टिक लडाइँमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले आरएएफ पाइलट रहँदा १ हजार घण्टासम्म उडान भरेका थिए ।
उनले सन् १९८३ मा विवाह गरेका थिए । उनका दुई छोरा छन् । उनी रिटायर्डपछि आयरशायर (स्कटल्याण्ड)मा बसिरहेका छन् ।
लामो उमेरकाे राज
ह्यारी ग्याम्परले आफ्नो लामो आयुको राज बताएका छन् । उनका अनुसार राम्रो गुणस्तरको मदिरा, स्वच्छ भोजन र संगीत आफ्नो लामो आयुको राज रहेको उनको दाबी छ । उनले एक सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘मेरो जीवन धेरै सुन्दर छ, मैले सधैं राम्रै जिन्दगी जीएको छु । मलाई कला, संगीत, राम्रो स्वच्छ खानपान र उच्च गुणस्तरको मदिरा मन पर्छ । यसका साथै तपाईंको वरिपरि कस्ता मानिसहरू बस्छन् भन्ने कुराले पनि अर्थ राख्छ । यही मेरो लामो आयुको राज हो ।’
वैज्ञानिकहरूद्वारा खोज जारी
बेलायतस्थित सीबीडी कम्पनी ईडन गेटले संसारका सबैभन्दा पाका मान्छेहरूको बारेमा अध्ययन गरेको थियो । उनीहरूले लामो समयसम्म बाँचेका मान्छेहरूको आयुको राज पत्ता लगाउने कोसिस गरेका थिए । अध्ययनका क्रममा १ सय वर्षभन्दा धेरै समय बाँचेका ६ जनालाई सामेल गराइएको थियो । उनीहरूले अध्ययनका क्रममा लामो आयुको पछाडि मुख्य चार कारण पत्ता लगाएका थिए ।
अध्ययनको निष्कर्षअनुसार उनीहरूको रहसहन, सामाजिक तथा आर्थिक हैसियत, चिन्ताको तह र भोजनलाई राज मानिएको थियो । अध्ययनका क्रममा १२२ वर्षका जीन लुइसलाई पनि सहभागी गराइएको थियो । उनी हालसम्म संसारमा सबैभन्दा धेरै बाँच्ने व्यक्ति हुन् । यद्यपि उनको मृत्यु भइसकेको छ ।
अध्ययनमा संलग्न वैज्ञानिकहरूले ओलिभ तेल, रेड वाइन र चकलेटको सेवन पनि कारणका रूपमा स्वीकार गरेका थिए ।
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...