×

NMB BANK
Dabur

१९ औं शताब्दीमा भारतमा जन्मिएका महान दार्शनिक तथा आध्यात्मिक व्यक्तित्व श्री चन्द्र मोहन जैन अर्थात ओशोप्रति  हार्दिक नमन प्रकट गर्दै आजको स्तम्भ तयार गरेको छु ।  युट्युवमा ओशोको प्रवचन सुनेर गुम्बाको लामा जस्तै दत्तचित्त भईराखेका बेला टिकटकमा देखिएका नक्कली सन्यासीहरूको फोहोरी हर्कतले अचानक मेरो ध्यान भंग गरिदिएको हुनाले यति लेख्न बाध्य भएको हुँ । ‘मूर्खहरू दोश्रो व्यक्तीमाथी हाँस्छन् तर विद्वानहरू आफैमाथी हाँस्छन्’ भनेर ओशोले भन्नुभए जस्तै यो लेख पढ्दा धेरैलाई हाँसो लाग्न सक्छ । 

Sagarmatha Cement
Muktinath Bank

‘हजार चुवा खाके बिल्ली चला हज कर्ने’ भने जस्तै रक्सी छोड्न सकिन्छ की भनेर तपोवन भित्र छिरेको एकजना नामुद ठगले हिजोआज साइबाबाको स्टाईलमा टेलिभिजनमा प्रवचन दिईरहेको देखिन्छ ।  अन्तर्वार्ता लिनेहरू उसको आध्यासत्मिक चेत भन्दा पनि द्रव्य शक्तिमा लोभिएका देखिन्छन् । धेरैको प्रश्न हुन्छ- त्यति धनी मान्छे कसरी योगी बन्न आयो हँ ? उत्तर सजिलो छ- धनी वा गरिब योगी बन्ने हैन , मान्छे योगी बन्ने हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओले भन्नुभएको थियो, ‘पुँजीवादीहरूले भगवानलाई पनि किन्न सक्छन् ।’ खरिद गर्न कुनै भगवान बाँकी नरहेपछी हिजो आज धनाढयहरूले अध्यात्मवादलाई किनिरहेका छन् । 


Advertisment
SBL

अंग्रेजीमा भन्नुपर्दा ‘मेडिटेशन विकम्स लक्जिरी’ । अब यो ध्यान, तपस्या, बोधी, सन्यासी हुने, इनलाइटमेन्ट हुने भन्ने कुरा ‘फेसनयवल’ कुरा भयो । यसको गाम्भीर्यता हरायो । कुनै जंगलमा, नदीको किनारमा, हिमालको काखमा ध्यान तपस्या गर्नु भनेको रत्नपार्कमा बदाम बेच्न बसे जस्तै भयो । जब आध्यात्मवादलाई बजारमा राखिएको वस्तुको रूपमा तयार गरिन्छ । घण्टाको हिसाबले त्यसको मूल्य तोकिन्छ, आम मान्छेको पहुँचभन्दा बाहिरको बनाइन्छ । शक्ति र सत्ताको आडमा त्यसको बजारीकरण गरिन्छ भने त्यो आध्यात्मवाद हैन त्यो त ‘इमोशनल ब्लाकमेलिङ’ हो ।

Vianet communication
Laxmi Bank

एकजना रातोपीरो अनुहार भएको मान्छेको खुट्टामा तामाको भाँडामा राखिएको गुलाब जल छर्किएर मसाज गरिरहेको  भिडियो सामाजिक सञ्जालमा देखियो । आडैमा एकजना नामुद भ्रष्टचारीले थपडी बजाई रहेको रहेछ । ऊ खासै पढेलेखेको मान्छे त थिएन तर, खै के कुरा बुझेर हो निरन्तर थपडी बजाइरहेको थियो । थाइल्याण्डको मसाज दोकानमा जस्तै कैयौ महिला पात्रहरू त्यो रातोपीरो अनुहार गरेको मान्छेको पाउमा झम्टिएर दशधारा आंशु बगाउन लामबद्ध थिए । घरबाट निस्कदा सामान्य रूपमा गएको मान्छेलाई रूने, कराउने स्थितिमा पुराउनेसम्मको ‘ब्रेन वास’ गर्ने ती को हुन् ? तिनको त्यो अद्भुत शक्ति के हो ? दिमागको लिम्बिक सिस्टम (limbic system)लाई असर पारिदिने अनि, अद्भुत क्षमता देखाएको भनिदिने ?

कुनै एउटा कोठामा थुनेर हप्तौसम्म ‘ब्रेन वास’ गर्‍यो भने मान्छे पनि कुकुर बनेर हिड्न सक्ला । अनि, उसैलाई गुरू भनिदिने ? उनीहरू खराब तरिकाले प्रभाव पार्ने व्यक्ति अर्थात ब्याड इन्फ्लुएन्सर हुन् । मान्छेको अन्तरनिहित न्यूरोलोजिकल अवस्थालाई असर पुर्‍याएर शरीर कम्पन गराउनु कुनै बोधीसत्व दिलाउनु होइन् । त्यही क्षमताको आधारमा गुरू मान्ने हो भने यो जगतमा सबै गुरू भइदिन्छन् । डक्टरका गुरू हुन्छन्, जसले मुटु चिरेर उपचार गरेर देखाउन सक्छ । रकेट यान चलाउनेका पनि गुरू हुन्छन् । उनीहरूले रकेटमा मान्छे राखेर पृथ्वीको चक्कर लगाई रकेटलाई चन्द्रमाको सतहमा उतार्न सक्छन् । हाम्रो गाउँको जिते दाइ काम गर्न भारत गएका थिए, फर्कदा जादुगर भएर आए । उसको पनि उत्तर प्रदेशमा एकजना गुरू नै थिए रे । संसारभरी अनेकथरी गुरू छन् । तर, रूँदै कराउँदै केही समयको विश्राममा कसैको चरणमा मालिस गरिदिनु पर्ने गुरू संसारमा कतै देखिएको थिएन । अध्यात्मको गुरूले अन्तरमनको कुरा गर्छन्, बाह्य संसारमा हुने गरेका दैनिकी भन्दा पृथक विषयको चर्चा गर्छन भन्ने सुनिन्छ ।

पंक्तिकारलाई धर्म र अध्यात्मको बारेमा त्यति धेरै जानकारी छैन । त्यो रूचीको विषय पनि होइन । यत्ति मात्र थाहा छ की, मानव सभ्यता र विकास कैयौ संघर्षको अवस्था पार गरेर यहाँसम्म आइपुगेको हो । कसैले ध्यान गरेर बसेका कारण, बोधी सत्य प्राप्त गरेका कारण, आशिर्वाद दिएका कारण वा टुनामुना र जादु मन्त्र गरेका कारण, पूनर्जन्म वा पुजापाठ गरेका कारण मानव सभ्यता यहाँसम्म आइपुगेको होइन । पारिस्थितिक प्रणालीको आधारमा विकास भएर आएको हो । यसकारण दृष्टी भ्रम गराई दिने कुनै मनोरोगमा लागेका मान्छेलाई भन्दा सूर्य, जल, जमिन, जंगल, हावा, आगो आदीलाई असली देवता बनेर प्रकृतिपुजक बन्न कुनै हिच्किचाहट मान्नु पर्दैन् ।

हिजोआज काठमाडौंमा रहेको ओशो तपोवनमा अहंकारले भरिएका धनाढ्य व्यक्तिहरू, कर छली गरेको भनेर समाचारका मुख्य हेडलाइन बनेका, कसैको हत्यामा तारिख धाइरहेकाहरू, अख्तियारले डामेकाहरू, कालो धनका भकारीहरू, जनताले दुष्ट ठानेका राजनीतिकर्मीहरू आँखा बन्द गरेर नाचिरहेका, हाँसिरहेका देखिन्छन् । कुन राष्ट्रिय खुशीयालीमा तिनीहरूले त्यसो गरिरहेका हुन् ? अध्यात्मको प्यास नै नभएका त्यस्ता पात्रहरू बोधीसत्व प्राप्त गर्नकै लागी त्यसो गरिरहेका हुन कि मनोरञ्जनको लागि मात्रै ? अथवा परिक्षणको लागी मात्रै पो त्यसो गरिररेका हुन् कि ?

ओशोले विश्वका सबै समस्याको कारक तत्वकारूपमा राजनीतिकर्मीहरूलाई देख्दथे । महात्मा गान्धीमाथी समेत उनको निशाना थियो । गान्धी साँचो अर्थमा हिन्दू नभएको तर हिन्दूहरूको समर्थन प्राप्त गर्न हिन्दू भएको नाटक गरिरहेको उनको आरोप थियो । साम्यवादको नाममा विश्वभरी चलिरहेको तानाशाहको विरोधमाथि पनि ओशोले हिटलर, स्टालिन र माओको विरूद्धमा बोल्ने गरेका थिए । ओशोले राजनीतिज्ञहरूले मानवताका विरूद्ध सधैँ नै षड्यन्त्र गर्दै आएको बताएका थिए । तर, ओशो तपोवनका सञ्चालकको संगत सबैभन्दा धेरै कसैसँग छ भने त्यो राजनीतिकर्मीहरूसँगै छ । जंगल विनास गरेर बनाइएको तपोवनमा तिनीहरूको लागी होटल द्वाकिकाको भन्दा पनि धेरै सुविधा सम्पन्न ‘स्वीट रूम’हरूको निर्माण गरिएको छ ।

आध्यात्ममा लाग्न चाहेको वा ‘इनलाइटेन्ट’ हुन खोजेका मान्छेहरूलाई किन र के प्रयोजनका लागी त्यसप्रकारको सुविधायुक्त ‘स्विट रूम’ चाहियो ? के तपोवन थाइल्याण्डको पतैया हो ? वा इण्डोनेसियाको बाली हो ?  पुँजीवादी हुलमुललाई ओशोले भीडतन्त्रका रूपमा ग्रहण गरेका थिए र यसका विरूद्ध गुणतन्त्र (मेरिटोक्रेसी)को प्रस्ताव अघि सारेका थिए । तर, राजनीतिकर्मीहरू मात्रै हैन, सिर्जनात्मकताको एक चिम्टी चेत नभएका, कालो बजारको बागडोर सम्हालिरहेका माफीयाहरू पनि ओशो तपोवनतिरै धेरै धाइरहेको देखिन्छ । के ओशो तपोवन पापीहरूको पाप पखालिदिने गंगा, जमुना नदी जस्तो हो ? 

ओशोको विचारमा धर्म परजीवी जस्तै हो, यसले मानिसको शोषण गर्छ । मानिसलाई दास बनाउँछ र उनीहरूलाई बलपूर्वक कुनै एक विश्वासमा लिप्त गराउँछ । 

अहिले तपोवन एउटा धार्मिक मुख्यालय जस्तो देखिएको छ, जहाँ जिसस क्राइस्ट, बुद्ध, शिव लगायतको मूर्ती बनाइएको छ । आरती उतार्ने काम भईरहेको छ । यसरी मानिसहरूको  विश्वासमाथी एकप्रकारको धोकाधडी गरेर अध्यात्मवादको नाममा कर्मकाण्ड र कर्मकाण्डको नाममा काल्पनिक विश्वास निर्मित गरेर ओशो तपोवनले पैसा भएको तर चेतना नभएको मानिसहरूको मति मन्द गराइरहेको छ । 

ओशोको अनुयायी बन्न कुनै एजेन्टको खोजी गरिहरनु पर्दैन। तर, दुःखका साथ भन्नुपर्छ, नेपालको ओशो तपोवन धनाढ्यहरूको चर्तिकला देखाउने नाट्यशाला बनिरहेको छ ।

आफूसँग कुनै दैवी शक्ति छ भनेर दावी गर्नेहरूले निमुखा मनुष्यलाई  आज्ञापालन गर्न लगाएजस्तै, पुरोहितहरूले भक्तलाई आज्ञापालक बनाए जस्तै, पैसावालहरूले नोकरलाई चाकरी गर्न लगाएजस्तै, राजनीतिकर्मीहरूले आफ्ना कार्यकर्तालाई जयजयकार गर्न लगाएजस्तै, ती रातोपीरो अनुहार भएको मान्छले अध्यात्मको नाममा  अज्ञानीहरूलाई  आज्ञापालन गराइरहेका छन् । 

त्यसप्रकारको आज्ञापालनले मानिसहरूको खुशी, सौन्दर्य र प्रेमको उचाई बढाउनमा कुनै सहयोग पुगेको छैन । बरू तिनीहरूको ‘इनलाइटेन्ट’ हुन चाहने इच्छा शक्तिलाई धनाढ्यहरूले ‘ओभरटेक’ गरिदिएका छन् । 

भारतमा यस्ता कैयौ धर्मभिरूहरू छन् । गुरमित सिंह हुन् वा रहिम, यी नाम धारी बाबा भनिनेहरूमध्ये कतिपय बलात्कार काण्डमा दोषी करार भएका छन् । उनीहरू जेल चलान भएपछि भारतभित्रको धार्मिक पाखण्डता उदाङ्गो भएको थियो । 

हालै नेपालमा पनि एकजना बाबालाई बलत्कारको आरोप लागेको थियो । तिनले औंठा छापको दस्तखत बटुलेर आफ्नो आज्ञापालन गर्न भक्तहरूलाई कसम खुवाएर छाडेका छन् । विकृतिको पर्खालभित्रका, आम मानिसको पहुँच नहुने बख्तरबन्द जस्तो इलाकामा जे पनि हुन सक्छ । तिनले सामाजिक हैसियत प्राप्त गर्न सामाजिक पहिचान बनाएकै व्यक्तिलाई प्रयोग गर्दै आइरहेका छन् ।

गाउँमा जनताले बिजुली पाएको छैन । काठमाडांै, पोखरा मात्र नेपाल हैन । कुलमान घिसिङलाई विद्युत विकास र विस्तारको काम थाती राखेर ओशो तपोवनमा गएर नाँच्नु पर्ने के बाध्यता आइपरेछ ? नारायणकाजीलाई कुनै त्यस्तो वैराग्य चलेको भए पार्टी अध्यक्षबाट टीका र आशिर्वाद ग्रहण गरेर जनवादी विहे गरे भइहाल्थ्यो । ओशो तपोवनमा गएर थपडी बजाउनुपर्ने कुन प्रकरण आइपर्‍यो ? मान्छेको जीवन सरल बनाउने अध्यात्मको मुख्य लक्ष्य हो ।

ओशोले आफ्ना कैयौं प्रवचनमा मानिसलाई स्वभाविकरूपमा बाँच्न प्रेरित गरेका छन् । तर, भगवान र भक्तहरूका बीचमा कुनै एजेन्ट त हुँदैन । त्यस्तै ओशोको अनुयायी बन्न पनि कुनै एजेन्टको खोजी गरिहरनु पर्दैन। तर, दुःखका साथ भन्नुपर्छ, नेपालको ओशो तपोवन धनाढ्यहरूको चर्तिकला देखाउने नाट्यशाला बनिरहेको छ ।

पत्रकार विजय कुमारले भने जस्तै आजको युग वैश्य युग हो । छिमेकी देश भारतमा नाम कहलिएका योगी बाबाहरू कर्पोरेट हाउसको मालिक भइरहेको देख्दा नेपालमा पनि ध्यानलाई कतै धन तिर डाइभर्ट गर्न त खोजिएको त हैन ? भन्ने प्रश्न उठ्छ । 

यसो हेर्दा, ‘मेडिटेशन इज नट नेसेसर, मेडिटेशन इज लक्जरी’ जस्तो देखिएको छ । ध्यान, योगको कुनै प्यास नभएका व्यक्तिहरू पनि केही बेरको रमाइलोका लागि तपोवन धाउन थालेका छन् । 

नेपालमा ध्यान केन्द्र कसको लागि बनाइएको हो ?साधकहरूको लागी हो की भ्रष्टचारीहरूको लागी हो ? तपोबनको योग साधकहरूको लागी भन्दा पनि राष्ट्रका बाधकहरूको लागि बढी जस्तो देखिन्छ । तपोवन एक प्रकारले भ्रष्टचारीहरूले सेटिङ गर्ने सुरक्षित स्थान बन्ने खतरा छ । 

रमाइलो गर्न, आराम गर्न थाइल्याण्ड, इण्डोनेसियाको बालीतिर गइरहने धनाढ्यहरू हिजोआज ओशो तपोबन धाउन थालेका छन् । अर्थतन्त्रको दृष्टीमा यो राम्रो कुरा हो तर अध्यात्मको दृष्टीमा चाहिँ यो के हो यसै भन्न सकिन्न । तर, यो चाहीँ भन्न सकिन्छ कि पुँजीवादीले अब अध्यात्मवादलाई पनि गोरख धन्दामा फसाएको छ । ओशोका नक्कली अवतारहरूको पनि द्रब्यका अगाडि ध्यान भंग भएको छ ।

युट्युवमा ओशोको प्रवचन सुनेको छु । गान्धीदेखि रेगनसम्मलाई गरेको आलोचना पनि सुनेको छु । तर, उनले कहिकतै डिप्रेशनको रोगीलाई निको पार्छु, रक्सीको लत लागेकाहरूलाई छुटाइदिन्छु, निद्रा नलागेकाहरूलाई सुताई दिन्छु भनेका छैनन् । र, आफूलाई भगवानको अवतारको रूपमा दावी गरेका पनि छैनन् ।

कुनै पनि व्यक्तिले ‘इनलाइटमेन्ट’को लागि अरू कसैको हातले टाउकोमा झट्का लगाइरहनु पर्दैन । त्यो त पाखण्ड हो । 

पूर्वजन्ममा आफू विहारको सम्राट भएको बताउने ती रातो–पिरो अनुहार भएका मान्छेले पूर्वजन्मका सारा स्मरणहरूको सहारा लिएर दोश्रो जन्ममा काठमाडौंको ओशो तपोवनलाई व्यापक बनाउन सफल भएका छन् । तर, पूर्वजन्ममा उनी सम्राट नभइ मगन्ते नै भएको भए पनि अध्यात्ममा लागेका व्यक्तिले म यस्तो थिए उस्तो थिए भन्दै हिड्ने विषय हैन ।

ओशोको मूर्ती बनाउने, कर्मकाण्ड गर्ने, अध्यात्मिक दर्शनलाई  पैसाले किन्ने, पैसा नै तिरेर सन्यासी हुन पाईने पनि हुँदैन होला । भनिन्छ,  संसारका दुईवटा आयाम छ । एउटा बाहिरको उथलपुथल छ र अर्को भित्रको शान्त आयाम छ । तर, तपोवनका केही दृश्य हेर्‍यो भने सबैभन्दा उथलपुथलको आयाम ओशो तपोवन भित्र छ । धनाढ्य सन्यासीहरूको चर्तिकला हेर्दा यस्तो लाग्छ अब बेचबिखन हुन बाँकी रहेको ‘अध्यात्मवाद’लाई पनि तिनीहरूले खरिद गरिसके ।
 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस ५, २०८०

हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

फागुन ८, २०८०

भनिन्छ, राज्यलाई सधैँ इमान्दार मानिसहरूको खाँचो हुन्छ । सबैभन्दा इमान्दार मानिस राज्यलाई नै खाँचो हुन्छ, किनकि नागरिक हकहितका लागि गरिने काम, प्रयोग गरिने साधन र अभ्यास गरिने अधिकारमा इमान्दारिता देखिनुपर्दछ, ...

x