२९ असार २०८३, सोमबार

पछिल्लो २४ घण्टामा थपिए ८१४ नयाँ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ५ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा थपिए ८१४ नयाँ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ५ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा मुलुकभर ८ सय १४ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार कूल ५ हजार ४ सय १५ नमूना परीक्षण गर्दा उक्त संख्यामा नयाँ संक्रमित थप भएको जानकारी दिएको छ । 

मन्त्रालयका अनुसार २ हजार ७ सय ६२ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ९ र २ हजार ६ सय ५३ नमूना एण्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय ५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ४४ पुगेको छ । 

संक्रिय संक्रमितमध्ये ४ हजार ९ सय ८५ जना होम आइसोलसनमा, १ सय ५९ जना संस्थागत आइसोलेसन, ३८ जना आईसीयू र ५ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । 

त्यसैगरी विगत २४ घण्टामा २ सय ९९ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ५ सय १३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्