१० असार २०८३, बुधबार

डिशहोमको सेवाहरू अब अनलाइनबाट रिचार्ज गर्न सकिने

डिशहोमको सेवाहरू अब अनलाइनबाट रिचार्ज गर्न सकिने

डिशहोमले प्रदान गर्ने सेवाहरू फाइबरनेट,डीटीएच र फाइबारनेट प्लस डीटीएच कम्बो अब नेपालमा उपलव्ध अनलाइन सेवा मार्फत गर्न सकिने भएको छ ।

अब आइएमई पे, इसेवा, खल्ती र प्रभु पे मार्फत यी सेवाहरु सजिलै अनलाइन रिचार्ज गर्न सकिने भएको कम्पनीले जनाएको छ । 

रिचार्ज गर्ने क्रममा आफुले कुन सेवा लिएको हो त्यसलाई राम्रोसँग बुझेर मात्र रिचार्ज गर्नु पर्ने कम्पनीको भनाइ छ । जस्तै, डिशहोम डिटीएच मात्र प्रयोग गरिएको हो भने, टिभी सेगमेन्टमा गएर डिशहोममा क्लिक गरी रिचार्ज गर्न सकिन्छ । 

त्यस्तै डिशहोम फाइबरनेट मात्र चलाएको हो भने इन्टरनेट सेग्मेन्टमा गएर डिशहोम फाइबरनेटमा क्लिक गरेर रिचार्ज गर्न सकिनेछ । 

र त्यस्तै फाइबरनेट प्लस डिटीएच कम्बो प्याकेज लिएको छ भने यसको लागि पनि टिभी सेग्मेन्टमा गएर डिशहोम कम्बो प्याकेजमा क्लिक गरेर आफ्नो कम्बो प्याकेज रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ । 

 
 

salt training

कमेन्ट गर्नुहोस्