
पछिल्लो २४ घण्टामा मुलुकभर ७ सय ६० जनामा नयाँ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार कूल ५ हजार ९ सय २६ नमूना परीक्षण गर्दा उक्त संख्यामा नयाँ संक्रमित थप भएको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार २ हजार ५ सय ८९ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ९४ र ३ हजार ३ सय ३७ नमूना एण्टीजेन विधिबाट परीक्षण गर्दा २ सय ६६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय २ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।
संक्रिय संक्रमितमध्ये ५ हजार ४ सय ४० जना होम आइसोलसनमा, १ सय ६२ जना संस्थागत आइसोलेसन र ४४ जना आईसीयूमा राखी उपचार भइरहेको छ ।
त्यसैगरी विगत २४ घण्टामा ३ सय २४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ४७ हजार ३ सय ४१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।