×

NMB BANK
NIC ASIA

‘झमझम झम्काना’ करोड क्लबमा

गायक भागिरथ भन्छन्– टिकटक युट्युबसम्म पुर्‍याउने माध्यम बन्याे

साउन २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

तीज गीत ‘झमझम झम्काना’ करोड क्लबमा प्रवेश गरेको छ । भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीत एक महिनाअघि सार्वजनिक गरिएको थियो । गीतले सार्वजनिक भएको महिना दिनमै मंगलवार दिउँसो युट्युबमा करोड भ्युज पाएको हो । यो यसवर्ष सार्वजनिकमध्ये करोड क्लबमा पुग्ने एकमात्र तीजलक्षित गीत हो । 

Muktinath Bank

युट्युबमा गीतलाई ८ हजार भन्दा बढी प्रतिक्रियाहरू आएका छन् । १ लाख १५ हजार बढीले लाइक गरेका छन् । यो गीत सार्वजनिक भएको केही दिनपछि एक साताभन्दा लामो समयसम्म युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा स्थान जमाएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गीत यतिबेला टिकटकमा पनि उत्तिकै हिट छ । लाखौं स्रोताले गीतका टुक्कामा टिकटक बनाएका छन् । बोमबहादुर गाहा मगरको शब्द, गायक भागिरथकै संगीत रहेको गीतमा विनोद बाजुरालीको एरेन्ज छ । प्रकाश भट्टको निर्देशनमा तयार गीतको भिडियोमा गायक भागिरथसँगै ‘ओए काजल’ गीतबाट उदाएर भिडियोमा जमिरहेकी मोडल गीता ढुंगानाको अभिनय तथा नृत्य छ । 


Advertisment
Nabil box
Kumari

गायक, संगीतकार एवं भिडियोका मोडलसमेत रहेका भागिरथ ‘झमझम झम्काना’लाई स्रोता–दर्शकले दिएको माया अनपेक्षित भएको बताउँछन् । 

Vianet communication
Laxmi Bank

उनले गीत सार्वजनिक गर्दै गर्दा एक किसिमको आशा रहेको तर यति धेरै ‘हिट’ हुने अपेक्षा नभएको सुनाए । उनले भने, ‘गत वर्षको तीज गीतभन्दा बढी गइदेओस् भन्ने थियो तर त्योभन्दा धेरै नै बढी चर्चित बन्यो ।’ 

गीत सार्वजनिक भएको एक/दुई दिन ‘स्लो’ रहेको भ्युजको गति तेस्रो/चौँथो दिनबाट बढेको थियो । उनी आफ्नो गीत स्रोता दर्शकसम्म पुर्‍याउनुमा टिकटकको विशेष भूमिका रहेको बताउँछन् । भन्छन्, ‘टिकटकमा चल्न थालेपछि चौँथौ/पाँचौं दिनबाट बल्ल भ्युजको गति बढेको हो ।’ ७५ भन्दा बढी गीतमा स्वर दिएको भागिरथको ‘झमझम झम्काना’ करोड क्लवमा पुग्ने दोस्रो गीत हो । 

एक दशकअघि विष्णु माझीसँगको स्वरमा सार्वजनिक प्रेम विरहको ‘कस्लाई सोध्ने होला ?’ बोलको गीतले यसअघि युट्युबमा करोड भ्युज पाइसकेको छ । अहिले तीज गीतलाई यति धेरै रुचाइदिएकोमा भागिरथ खुशी छन् । यसको मुख्य श्रेय स्रोता/दर्शक भएको भन्दै उनी सम्पूर्ण स्रोता एवं दर्शकलाई धन्यवाद व्यक्त गर्छन् । 

सन्ध्या कँडेलको प्रस्तुति रहेको ‘झमझम झम्काना’लाई राजेश घिमिरेले छायांकन एवं विष्णु घिमिरेले सम्पादन गरेका हुन् । आउँदा दिनमा पनि स्रोता/दर्शकले रुचाउने खालका गीत ल्याउने प्रयास रहने भागिरथले बताए ।


hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x