०५ साउन २०८३, मंगलबार

कोरोना भाइरसबाट एकैदिन संक्रमित हुनेको संख्या १ हजार नाघ्यो, २ जनाको मृत्यु

कोरोना भाइरसबाट एकैदिन संक्रमित हुनेको संख्या १ हजार नाघ्यो, २ जनाको मृत्यु

कोरोना भाइरसबाट एकैदिन संक्रमित हुनेको संख्या १ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार ९० जनामा नयाँ संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार कूल ६ हजार ३६ सय नमूना परीक्षण गर्दा उक्त संख्यामा नयाँ संक्रमित थप भएको जानकारी दिएको छ । 

मन्त्रालयका अनुसार २ हजार ९ सय ५८ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ६० र ३ हजार ३ सय ४२ नमूना एण्टीजेन विधिबाट परीक्षण गर्दा ५ सय ३० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६ पुगेको छ । 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । 

संक्रिय संक्रमितमध्ये ५ हजार ५ सय ९३ जना होम आइसोलसनमा, २ सय १३ जना संस्थागत आइसोलेसन, ६१ जना आईसीयू र ७ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । 

त्यसैगरी विगत २४ घण्टामा ४ सय ३८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्