२९ असार २०८३, सोमबार

चितवनमा आँखाका ३५ नानी संकलन

चितवनमा आँखाका ३५ नानी संकलन
प्रतिकात्मक तस्वीर

नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले १८ जनाको ३५ वटा आँखाको नानी संकलन गरेको छ ।

अस्पतालमा स्थापना गरिएको भीमराज उषामाया पाठक आँखा बैंकमार्फत आँखाको नानी संकलन गरिएको हो ।

अस्पतालले विक्रम संवत् २०७४ सालबाट आँखाको नानी संकलन तथा प्रत्यारोपण शुरू गरेको हो ।

कार्यक्रम हेर्दै आएकी छायाँ श्रेष्ठका अनुसार हालसम्म ११४ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको छ । उनका अनुसार आँखा दानका लागि ८४१ जनाले मरणोपरान्त आँखा दान गरेका छन् ।

विगतमा कोरोनाका कारण नानी संकलन कार्य प्रभावित भएको भए पनि पछिल्लो दिनमा धेरै नानी संकलन हुन थालेको उनको भनाइ छ । संकलित नानी ४५ वर्षदेखि ९९ वर्ष उमेर समूहका छन् ।

अस्पतालमा कर्निया रोग विशेषज्ञ डा. पुष्पा गिरीको नेतृत्वको टीमले आँखाको नानी प्रत्यारोपण गर्दै आएको छ । गिरीका अनुसार प्रत्यारोपण गरिएका बिरामीमध्ये आधा भारतीय हुन् ।

सम्पर्कमा आएका सबैको प्रत्यारोपण गरिएको नानीले राम्रो काम गरेको छ । भारतीय बिरामी पुनः परीक्षणका लागि कम मात्रै आउने भएकाले सबैको अवस्था थाहा नभएको उनको भनाइ छ । 

कमेन्ट गर्नुहोस्