०९ साउन २०८३, शनिबार

कुमारी बैंक र होटेल शिरीषबीच सम्झौता

कुमारी बैंक र होटेल शिरीषबीच सम्झौता

कुमारी बैंक लिमिटेड र सल्यानको कपुरकोट नगरपालिका, वडा नम्बर ३ रहेको होटेल शिरीषबीच एक सम्झौता भएको छ ।

कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई होटेल शिरीषबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता गरिएको बैंकले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।  

डिजिटल कारोबारमा ग्राहकहरू आकर्शित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत होटेल शिरीषका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको जनाएको छ । 

बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त होटेलको सुविधा शुल्कमा १५% सम्मको छुट प्राप्त गर्न सक्ने बैंकको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्