२७ असार २०८३, शनिबार

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । पछिल्लो केही दिनयता दैनिकजसो कोरोना संक्रमितकाे मृत्यु भइरहेको छ । यसैक्रममा बिहीवार ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८१५ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयले कूल ४ हजार ५ सय ३४ सय नमूना परीक्षण गर्दा उक्त संख्यामा नयाँ संक्रमित थप भएको जानकारी दिएको छ । 

मन्त्रालयका अनुसार २ हजार ४ सय ११ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ६५ र २ हजार १ सय २३ नमूना एण्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय ५० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६९ पुगेको छ । 


संक्रिय संक्रमितमध्ये ५ हजार ६ सय ७७ जना होम आइसोलसनमा, १ सय ९२ जना संस्थागत आइसोलेसन, ६० जना आईसीयू र ८ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । 

त्यसैगरी विगत २४ घण्टामा ४ सय ७६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्