कात्तिक २४, २०८०
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
नेपालमा वर्षभरि कैयौं चाडबाड मनाइन्छ । हाम्रो देशको विशेषता भनेको नै यहाँको धर्म, संस्कृति र मौलिक खानपान हो । हरेक चाडबाडमा आ–आफ्नै भोजनको विशेषता छ ।
जनैपूर्णिमाको दिन क्वाँटी खाने हाम्रो परम्परागत मौलिक परिकार हो । ४ दिन भिजाएर टुसा उम्रेपछि मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदाजनक छन्, टुसा उमारी बनाइने विशेष प्रकारको परम्परागत नेपाली परिकार (झोल) हो ।
विभिन्न थरिका ९ गेडागुडीको टुसा उमारी पूर्णिमाका दिन क्वाँटी खाने गरिन्छ । शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि क्वाँटीको विशेषता छ ।
भारी वर्षात्को समयमा आउने जनैपूर्णिमा अधिराज्यभर नै मनाउने प्रचलन छ । क्वाँटी शब्द नेपाल भाषाको क्वाँती शब्दबाट बनेको हो, जसअनुसार क्वाँको अर्थ तातो र तीको अर्थ झोल वा सुप हो । तसर्थ क्वाँती वा क्वाँटीको अर्थ तातो सुप भन्ने बुझिन्छ । जनैपूर्णिमाको समयमा अधिकांशको घरमा गेडागुडीको परिकार क्वाँटी खाने चलन छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर खाने चलन छ । यस्ता गेडागुडीको मिश्रण खानुअघि यसलाई टुसा उम्रिने गरी पानीमा भिजाउने चलन छ ।
कसरी बनाउने क्वाँटी ?
क्वाँटी बनाउने तरिका समुदाय अनुसार फरक–फरक हुन्छ तर पनि काठमाण्डौंका स्थानीय रैथाने नेवारहरूले बनाउने क्वाँटी धेरैको जिब्रोमा झुन्डिन्छ । कत्तिले खसीको मासु मिसाएर बनाउँछन् भने कत्तिले राँगाको मासु हालेर पनि पकाउँछन् तर सादा रूपमा बनाउँदा पनि यो निकै स्वादिष्ट र पोषिलो पनि छ । क्वाँटी अन्तर्राष्ट्रिय रूपमा चिनिएको नेपाली मौलिक र लोक सुप पनि हो ।
क्वाँटी बनाउन चाहिने सामग्रीः
९ थरि मिसाएको गेडागुडी १ किलो, तोरीको तेल ४० एमएल, मिसेको अदुवा–लसुन ३ चिया चम्चा, ज्वानो १ र आधा चिया चम्चा, हरियो खुर्सानी ३ पिस, ताजा गोल्भेडा २ पिस, बेसार १ र आधा चिया चम्चा, खुर्सानीको धुलो १ चिया चम्चा, नून स्वाद अनुसार, मिक्स होल गरम मसला ५ ग्राम, गरम मसला पाउडर आधा चिया चम्चा, प्याज २ पिस, हरियो धनियाँ सानो १ मुठा, ताजा कुटेको जिरा धनियाँको पेस्ट १ चिया चम्चा, हिङ्ग पिन्च, पानी या स्टक १ र आधा लिटर (आवश्यकताअनुसार थप्न सकिन्छ) ।
क्वाँटी बनाउने विधिः
गेडागुडीलाई २४ घण्टा भिजाएर राख्ने र छानेर फेरि ३ दिनसम्म जालीमा राखी उमार्ने । बिन्स स्प्राउट जस्तो राम्ररी टुसा देखिन थालेपछि क्वाँटीका लागि उत्तम हुन्छ । प्रेसर तताएर तेल हाल्ने र ज्वानो फुराएलगत्तै होल गरम मसला, चप ग्रिन चिल्ली, अदुवा–लसुन, काटेको प्याज हाली भुट्ने ।
ब्राउन कलर देखिनासाथ बेसार, हिङ्ग, जिराधनियाँ, खुर्सानी पाउडर, गरम मसला पाउडर हाली चलाउने र काटेको गोलभेडा हाली सानो आँचमा पकाउने । उम्रेको गेडागुडी हाली राम्ररी चलाइ स्टक या पानी आवश्यकताअनुसार हाली उमाल्ने र स्वादअनुसार नून हाली ४ या ५ सिट्टी मद्यम आँचमा पकाउने । पाक्नासाथ काटेको धनियाँ हाली भुजासँग या सुपको रूपमा पनि पिउन सकिन्छ ।
कसैकसैले नून बेसार हालेर उसिनेर पछि ज्वानो र मसलाले झानेर खाने चलन पनि छ । कसैकसैले झान्ने क्रममा पन्चफरम हाल्ने पनि गर्छन् । जसरी पकाए तापनि वर्षामा गाडिएको सर्दी निकाल्नका लागि गरम मसला मरिच हालेर क्वाँटी खाने प्राचीन संस्कार चलिआएको छ ।
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...