१० साउन २०८३, आइतबार

विश्वविद्यालयको शैक्षिक पात्रो र पठनपाठन प्रभावित हुन नदिनुस् : प्रधानमन्त्री देउवा

विश्वविद्यालयको शैक्षिक पात्रो र पठनपाठन प्रभावित हुन नदिनुस् : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना माग र हक अधिकारका सवाल उठाउँदा विश्वविद्यालयको शैक्षिक पात्रो र पठनपाठन प्रभावित हुन नदिने वातावरण सिर्जना गर्न प्राध्यापकहरूलाई आग्रह गरेका छन् ।

नेपाल प्राध्यापक संघको ६०औं वार्षिक दिवस (हीरक महोत्सव) समारोहको बिहीवार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विश्वविद्यालय, प्राध्यापक र विद्यार्थीबीच सुमधुर सम्बन्ध कायम गरेर आपसी समस्या र चुनौतीलाई साझा रूपमा समाधान गर्न पनि आग्रह गरे ।

‘कुनै पनि देशको विकास त्यस देशको शैक्षिक गुणस्तरका आधारमा मापन हुन्छ । त्यसैले इतिहास बोकेको त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयले समाजमा आवश्यक र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक जनशक्ति तयार गर्नुपर्छ । त्यसमा प्राध्यापकहरूले पूर्ण जिम्मेवारीका साथ काम गर्ने विश्वास व्यक्त गर्दछु,’ त्रिभुवन विश्वविद्यालयका कूलपति समेत रहेका प्रधानमन्त्री देउवाले भने ।

उनले विश्वविद्यालय शिक्षालाई थप गुणात्मक र अनुसन्धानमूलक बनाउन राज्यका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै विश्वविद्यालयको पठनपाठन गुणस्तरीय, जीवनोपयोगी, रोजगारमुखी, समसामयिक र प्रविधिमैत्री बनाई उच्च शिक्षालाई रोजगारमूलक बनाउन आग्रह गरे ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय शिक्षालाई अनुसन्धामुखी बनाई अन्तर्राष्ट्रियस्तरका शिक्षक र प्राध्यापकको आकर्षणको थलो नेपाललाई बनाउन प्राध्यापकहरूले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

समारोहमा संघका पूर्व सभापति एवं पूर्वमन्त्री भीमसेनदास प्रधान लगायतलाई सम्मान गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्