मंसिर ४, २०८०
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
साउन २९, २०७९
नेपालका पर्यटकस्तरदेखि पाँचतारेसम्मका होटल नवीकरण विना नै अवैध रूपमा सञ्चालन भइरहेको पाइएको छ ।
पर्यटन ऐन, ३०३५ तथा पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०७० अनुसार होटल व्यवसाय अनिवार्य दर्ता र नवीकरण गरेर मात्रै सञ्चालन हुनुपर्छ ।
उक्त व्यवस्थाविपरीत पर्यटकस्तरदेखि पाँचतारेसम्मका होटल नवीकरणविनै सञ्चालन भइरहेका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले उपलब्ध गराएको तथ्यांकअनुसार ५ वटा पाँचतारे होटलले नवीकरण गरेका छैनन् । यसमध्ये पोखराको फूलबारी रिसोर्ट वर्षौंदेखि बन्द छ ।
फूलबारी रिसोर्ट १९ कात्तिक २०५६ मा पाँचतारे होटलमा वर्गीकरण भए पनि त्यसपछि एकपटक पनि नवीकरण भएको देखिएको छैन । यो होटल बन्द भएकाले नवीकरण नभएको हुनसक्ने पर्यटन विभागको भनाइ छ ।
त्यसो त ०५६ पछि एकपटक सञ्चालनमा आउँदा पनि नवीकरण भएन ।
कोरोना महामारीपछि दरबारमार्गको होटल अन्नपूर्ण पनि बन्द छ । यो होटल बन्द भएको औपचारिक जानकारी भने विभागलाई छैन । विभागले सञ्चालनमै रहेको भन्ने सूचीमा राखेको छ ।
अन्य तीनवटा पाँचतारे होटल विनानवीकरण अवैधरूपमा निर्बाध सञ्चालन भइरहेको विभागकै तथ्यांकले देखाएको छ ।
पर्यटन मन्त्रालयले लोकान्तरलाई उपलब्ध गराएको एक तथ्यांकअनुसार द होटल एभरेष्ट इन्टरनेसनल १२ मंसिर २०७० पछि नवीकरण भएको छैन ।
केही वर्ष बन्द भएर पुनः सञ्चालन आएको यो होटल नवीकरण नगरी सञ्चालनमा रहेको हो ।
राजधानीको लाजिम्पाटमा रहेको ओरियन्टल होटल्स लिमिटेड (र्याडिसन) पनि २५ असार २०७४ पछि नवीकरण भएको छैन । उसको नवीकरणको म्याद गएको असार मसान्तमा सकिएको हो ।
नवीकरण नगरी सञ्चालन गर्ने पाँचतारे होटलमा याक एण्ड यति पनि छ ।
यो होटल २२ फागुन २०७० देखि नवीकरण भएको छैन । २४७ कोठा संख्या रहेको होटल निरन्तर सञ्चालनमा रहेपनि ९ वर्षदेखि नवीकरण नभएको पर्यटन विभागको तथ्यांकले देखाएको छ ।
पब्लिक कम्पनीका रूपमा रहेका र सर्वसाधारणको समेत लगानी रहेका यस्ता होटल नेप्सेमा समेत सूचीकृत भएपनि नवीकरणविना नै सञ्चालन भइरहेको पाइएको छ ।
नवीकरण नभएका होटलले विदेशी मुद्रा विनिमय कारोवारको अनुमति पाउँदैनन् । पर्यटन विभागको सिफारिशमा नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा कारोवारको अनुमति दिने हो ।
पर्यटन विभागका निर्देशक तथा सूचना अधिकारी सूर्यप्रसाद उपाध्यायका अनुसार सेवा सञ्चालन गर्दा पर्यटक स्तरदेखि पाँचतारे डिलक्सम्मका सबै होटलले नवीकरण गर्नुपर्छ ।
बर्सेनि करोडौंको कारोवार गर्ने होटलहरूले हरेक ५ वर्षमा सामान्य शुल्क (बढीमा १ हजार रुपैयाँ) तिरेर नवीकरण गर्न सक्छन् । तर पनि होटलहरू नवीकरण नगरी अवैध रूपमा सञ्चालन भइरहेका छन् ।
नवीकरण नगरेका होटललाई पर्यटन विभागले विदेशी मुद्रा कारोवार, हरियो नम्बर प्लेटको पर्यटकीय सवारी साधनको प्रयोग र प्राथमिकता प्राप्त उद्योगअन्तर्गत भन्सार सहुलियतको सिफारिश गर्न मिल्दैन । तर, त्यसविपरीत नवीकरण नगरेका होटलले पनि यी सुविधा लिएर पर्यटकलाई सेवा दिइरहेका छन् ।
विभागको तथ्यांकअनुसार दरबारमार्गमा रहेको होटल डेला अन्नपूर्ण पनि २७ कात्तिक २०७३ देखि नवीकरण भएको छैन । कोरोना महामारीपछि यो होटल सञ्चालमा नरहेकाले पनि होटल नवीकरण नगराई बसेको हुन सक्ने पर्यटन विभागकै अधिकारीको भनाइ छ ।
पर्यटन विभागका अनुसार होटल नवीकरण विना सञ्चालन गर्न पाइँदैन । नवीकरण नभएका होटललाई विभागले अनुगमन गरी कारवाही गर्न सक्छ भने पर्यटकीय सेवा सुविधा र डलर सटहीको सिफारिश पनि गर्न मिल्दैन ।
विभागका सूचना अधिकारी उपाध्यायका अनुसार डलर सटहीको सुविधा लिन पनि हरेक होटलले ६/६ महिनामा विवरण अनिवार्य बुझाउनु पर्छ ।
अनुगमन गरेर कारवाही गर्ने जिम्मेवारी विभागले समेत पूरा गरेको देखिँदैन । नवीकरण नगर्ने होटलहरूलाई कारवाहीका लागि विभागले कुनै पहलकदमी लिएको देखिँदैन ।
नवीकरण नगरेका होटलले कसरी डलर सहटी सुविधा लिएका छन् र किन नवीकरण गरेनन् भन्ने विषयमा बुझेर मात्रै भन्न सकिने उपाध्यायले लोकान्तरलाई बताए ।
होटल संघ नेपाल (हान)का महासचिव साजन शाक्यले पर्यटन विभागमा दर्ता नभएका होटलको अनुगमन गरेर अनिवार्य दर्ता गराउने र दर्ता भएकालाई नियमित नवीकरण पनि गराउनुपर्ने बताए ।
व्यवस्थामा केही परिवर्तन भएकाले पनि नवीकरण नभएको हुनसक्ने उनको भनाइ छ ।
‘पर्यटकस्तरीयका ५० बेडसम्मका होटलले प्रारम्भिक वातावरणीय प्रभाव परीक्षण (आइईई)गर्नुपर्ने व्यवस्था थियो । यो व्यवस्था पछिल्लो समय २५ बेडसम्मकाले नै गर्नुपर्ने गरी अनिवार्य गरेकोले त्यसको प्रक्रिया पूरा नभएर रोकिएको हुनसक्छ ।’
अन्यथा सबै होटलको नवीकरण अनिवार्य हुनैपर्ने बुझाइ शाक्यको छ । कुनै होटल प्रक्रिया भएका र कुनै समस्या भएर रोकिएको हुनसक्ने बाहेक सबै कानूनी दायरा र प्रक्रियामा नै आउनुपर्ने शाक्यले बताए ।
नेपालमा विदेशी पर्यटक भित्र्याउने र सेवा दिने पर्यटन क्षेत्रको प्रमुख उद्योग होटल नै नवीकरणविना अवैध सञ्चालन हुनुले नकारात्मक सन्देश गइरहेको छ । होटल नवीकरण हुन होटलले सेयर संरचनाको विवरण बुझाउनेदेखि आवश्यक तोकिएको प्रक्रियासमेत पूरा गर्नुपर्ने पर्यटन विभागको भनाइ छ ।
यो व्यवस्थालाई लत्याएर होटलहरू अवैधानिक रूपमा सञ्चालन भइरहेका छन् ।
हेर्नुहोस्, पर्यटनस्तर र त्यसमाथिका होटलहरूको सूची :
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
आठ वर्षअघि सरकारले सबै प्रदेशमा एक/एकवटा ठूला औद्योगिक क्षेत्र निर्माण गर्ने भनी अघि सारेको योजना अलपत्र परेको छ । आर्थिक विकासका लागि औद्योगिक पूर्वाधार बनाउने उद्देश्यले निर्माण थालिएका आयोजना कतै जग्गा विवा...
तिहारका लागि फूलमाला खरिद गर्ने उपभोक्ता बढेपछि व्यवसायलाई भ्याईनभ्याई भएको छ । तिहार शुरू भएदेखि नै फूलबारीमा ग्राहक आफैं पुगेर फूल खरिद गर्न थालेपछि व्यवसायी उत्साहित छन् । यतिब...
कास्कीको माछापुच्छ्रेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आए । बागलुङसम्म आउँदा उनले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गरे । बागलुङ, पर्वत, कास्क...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...