
आइएमई लिमिटेडले “घण्टी बज्यो” नामक नयाँ अफर सार्वजनिक गरेको छ ।
अफर अनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधैं आइएमई पे मोबाईल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमि टेन ए स्मार्टफोन जित्ने मौका पाउन सकिने कम्पनीले बताएको छ ।
साउन २७ गतेदेखि भाद्र १० गतेसम्म जम्मा दुई हप्ताका लागि यो अफर कायम रहने बताइएको छ ।
यस योजनामा हरेक हप्ता १–१ भाग्यशाली विजेताले स्मार्टफोन जित्न सक्नेछन् ।