११ साउन २०८३, सोमबार

बुटवलको लक्ष्मी माविमा सनराइज बैंकले गर्‍यो फिल्टर सहयोग

बुटवलको लक्ष्मी माविमा सनराइज बैंकले गर्‍यो फिल्टर सहयोग

सनराइज बैंकले बुटवल उप–महानगरपालिकाको लक्ष्मी माध्यामिक विद्यालयमा फिल्टर हस्तान्तरण गरेको छ । 

बुटवल उप–महानगरपालिका वडा नम्बर ४ मा रहेको सो विद्यालयमा करिब ३०० विद्यार्थीहरु पढ्छन् । 

विद्यालयमा शुद्ध पिउने पानीको व्यवस्था नरहेको अवस्थामा सनराइज बैंकले उक्त विद्यालयमा ३०० विद्यार्र्थीहरुलाई पुग्ने गरी प्रतिघण्टा १०० लिटर पानी फिल्टर गर्न सक्ने क्षमताको फिल्टर जडान गरेको हो। 

हस्तान्तरण कार्यक्रममा सनराइज बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादव, बुटवल उप–महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नरिश्वर पौडेल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा सल्लाहकार परमानन्द भट्टराई, विद्यालयकी प्र.अ. शान्ति शर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  बाबुराम ढकालको उपस्थिती रहेको थियो । 

 
 

salt training

कमेन्ट गर्नुहोस्