११ साउन २०८३, सोमबार

सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ बैंकस्मार्ट एक्स्पी’, ठगी हुन नसक्ने

सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ बैंकस्मार्ट एक्स्पी’, ठगी हुन नसक्ने

सिद्धार्थ बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपलाई सिद्धार्थ बैंक स्मार्ट एक्स्पीमा स्तरोन्नती (अपग्रेड) गरेको छ । 

यसबाट एपमा हुने ठगी नियन्त्रण गर्नुका साथै सर्बमाध्यम एवं बहुच्यानल मार्फत सहजै प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।   

एफवान सफ्ट इन्टरनेशनलले प्रवद्र्धन गरेको नयाँ एप्लिकेशन बैंकएक्स्पी आर्किटेक्चरमा आधारित छ, जसले प्रयोगकर्ताको कार्यक्षमताको दायरालाई अझ फराकिलो बनाउनेछ । 

सिद्धार्थ बैंक स्मार्टएक्सपी डिजिटल बैकिङ्गमा सर्वव्यापी दृष्टिकोणमा आधारित छ । 

यसले ग्राहकलाई उनीहरुको मोबाईल र वेब उपकरणबाट एप्लिकेशन प्रयोग गर्नका लागि उही प्रमाणहरु (पासवर्ड) प्रयोग गरी प्रयोग गर्न सकिनेछ ।  

नयाँ एप्लिकेशनमा बिल भुक्तानी, चेक बुक अनुरोध, सेल्फ पासवर्ड/पिन रिसेट, इएपोइन्टमेन्ट, उपकरणहरुबीचको अन्तरसञ्चालन लगायतका थुप्रै सुविधा उपलब्ध रहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।  

साथै सिद्धार्थ बैंकस्मार्टएक्सपीले ठगी नियन्त्रणमा नविनतम संयन्त्रलाई पनि प्रयोग गरिरहेको छ ।

यस एपमा प्रयोगकर्ताले लग इन गर्न खोजेको सिम नम्बर स्वःत प्रमाणित गर्ने क्षमता छ, र प्रयोगकर्ताको खातामा दर्ता भएको सिम त्यहि नम्बर हो भनी प्रमाणित नभएसम्म प्रयोगकर्तालाई एप प्रयोग गर्न अनुमति दिँदैन । 

सिद्धार्थ बैंकस्मार्टएक्सपी प्ले स्टोर र एप स्टोर दुबैमा डाउनलोडका लागि उपलब्ध छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्