×

NMB BANK
NIC ASIA

साउनमा मात्रै ६३ हजारले पाए वैदेशिक रोजगारका लागि श्रम स्वीकृति

भदौ २, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

चालु आर्थिक वर्ष २०७९/८० को साउन महिनामा वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिने नेपालीको संख्या ६३ हजार ४२ पुगेको छ।

Sagarmatha Cement
Muktinath Bank

श्रम स्वीकृति लिने मध्ये ६ हजार २४१ महिला रहेको वैदेशिक रोजगार कार्यालयका सहसचिव रमेश अर्यालले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार विभिन्न ८७ देशमा रोजगारीका लागि जान नेपाली नागरिकले श्रम स्वीकृति लिएका हुन् ।


Advertisment
Nabil box
Kumari

गत आर्थिक वर्षको साउन महिनामा २५ हजार ४२८ नेपालीले श्रम स्वीकृति लिएका थिए ।

Vianet communication
Laxmi Bank

साउन महिनामा सबैभन्दा बढी मलेसियाको लागि २४ हजार ४८४ श्रम स्वीकृति जारी भएको छ।

कतारमा १२ हजार ५७०,  संयुक्त अरब इमिरेट्समा ८ हजार १४०,  साउदी अरेबियामा ६ हजार ७०५ र कुवेतमा ४ हजार २८४ श्रम स्वीकृति जारी भएको छ।

यी ५ देशले मात्रै कुल श्रम स्वीकृतिको ९० प्रतिशत हिस्सा ओगटेका छन् ।

कोभिडका कारण मलेसियाले विगतमा श्रमिक जान रोक लगाएकोमा २०७८ फागुनदेखि जान खुला गरेसँगै मलेसियामा जानेको संख्या बढ्दै गएको सहसचिव अर्यालले बताए ।

उनले समग्रमा विदेशिने नेपाली नागरिकको संख्या पनि बढेको जानकारी दिए ।

अर्यालका अनुसार कुल श्रम स्वीकृति लिने मध्ये पुन: श्रम स्वीकृति लिने ३२ प्रतिशत छन् भने पहिलोपटक जाने ६८ प्रतिशत छन् ।

गत आर्थिक वर्षमा पुन: श्रम स्वीकृति लिने ४५ प्रतिशत थिए । नेपाल राष्ट्र बैंक तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा १० खर्ब ७ अर्ब भित्रिएको छ।

वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै रेमिट्यान्स पनि बढ्दै जाने सहसचिव अर्यालले जानकारी दिए ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २२, २०८०

नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना प्रकाशित गर्दै रिक्त पदमा आवेदन आह्वान गरेको हो ।  सूचनामा उल्लेख भएअनुसार प्राविधिक र विविध सेवातर्...

पुस १७, २०८०

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफ...

कात्तिक १७, २०८०

नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो ।  नेपाली सेनामा रिक्त २२९ अधिकृत प...

पुस १३, २०८०

 पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्...

मंसिर ८, २०८०

नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो ।  खुला तथ...

पुस ७, २०८०

नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाका लागि आवेदकको बाढी देखिएको छ । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढी नेपाली युवाले आवेदन फाराम  दिएका हुन् ।   ईपीएस को...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x