२७ असार २०८३, शनिबार

पिपुल्स पावर लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन

पिपुल्स पावर लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन

पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई जारी गरेकोे साधारण शेयर (आईपीओ) भर्ने आज अन्तिम दिन हो । पिपुल्सले गत साउन ३१ गते शेयर निस्कासन गरेको थियो । आइतवार बैंकिङ समयसम्म आवेदकहरूले आवेदन सक्ने जनाइएको छ । आवेदन मेरो शेयर मार्फत वा सिआश्वा सदस्य बैक तथा वित्तीय संस्थामा स्वयं उपस्थित भइ दिन सकिने बताइएको छ ।

स्थानीयबासी, कर्मचारी र सामुहिक लगानी कोषका योजनाहरूलाई छुटयाइएको सम्पूर्ण शेयरको बाँडफाँट भएपश्चात सर्वसाधारणमा जारी भएको २२ लाख ९४ हजार ६८२ कित्ता साधारण शेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । 

पिपुल्स पावर लिमिटेडले इलामको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत रहेको कम्पनीले जनाएको छ । कम्पनीले विद्युत्को व्यापारिक उत्पादन गर्ने मिति यही भदौ मसान्त रहेको छ । यस कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्