२४ असार २०८३, बुधबार

अखिल क्रान्तिकारीको सम्मेलनः नीति प्रधान कि नेतृत्व ?

कात्तिक २०, २०७४
अखिल क्रान्तिकारीको सम्मेलनः नीति प्रधान कि नेतृत्व ?

नेपालको विद्यार्थी आन्दोलन निकै उतारचडावको स्थिती बाट अगाडी बढेरिहेको छ । विद्यार्थी आन्दोलन लामो संघर्ष र इमान्दारीका साथ नेतृत्व गर्ने नेताहरू योगदानले स्थापित भएको हो । गंगालाल श्रेष्ठ देखी बेनोज अधिकारी सम्मका नेताहरूको वलिदानी पूर्ण संघर्षले आन्दोलनको इतिहास सिंचित छ ।

जहानिय राणा शासन बिरुद्ध होस वा पञ्चायत बिरूद्ध नेपाली विद्यार्थी आन्दोलन सधै अग्रणी मोर्चामा रही रह्यो । राजतन्त्र बिरूद्धको आन्दोलनमा गोर्खाका दिल बहादुर रम्तेल लगायत थुप्रै विद्यार्थी नेताहरूको त्याग र वलिदान गरे ।

शिक्षा क्षेत्रमा भइरहेको तीब्र व्यापारीकरण तथा विकृती र विसंगति बिरुद्ध आन्दोलन चलाउने क्रममा विद्मार्थिहरू आफु पढ्ने कक्षा देखी सडक सम्म उत्रेका छन । राज्यले विद्यार्थीका आवाज माथि प्रतिवन्ध लगाए पछि कलम छोडेर बन्दुक बोक्नु परेको नेपालको विद्यार्थी आन्दोलनको अतीत हो ।

मुलुकमा बहुदलीय ब्यवस्थाको स्थापनासगैं निजि शिक्षण सस्थां च्याऊ जस्तै खुलेका छन, उदारीकरणको नाममा । निजि शिक्षण सस्थाले शिक्षालाई मुनाफा युक्त ब्यापारको केन्द्र बनाएका छन । राज्यले निशुल्क प्रदान गर्नु पर्ने शिक्षालाई ब्यापारको बिषय बनाउनु दुखको बिषय हो । तर शिक्षाका नाममा व्यापार मौलाएको छ । संविधानमा मौलिक अधिकारको व्यबस्था गरेपनि सरकार शिक्षामा भइरहेको व्यापारीकरण रोक्ने तर्फ उदासीन छ ।

शिक्षाको व्यापारीकरणका कारण नेपाल सरकारको प्रत्यक्ष लगानी रहेका शिक्षाण संस्थाहरू धराशायी बन्दैछन । सरकारको शिक्षा सम्वन्धी प्रष्ट नीति नभएको कारण यसको फाइदा उठाउदै निजि क्षेत्रले शिक्षालाई ब्यवसायीकरण गर्दै आइरहेका छन ।

सरकारले शिक्षा क्षेत्रमा देखाएको उदासीनताले आज नेपालको शिक्षा क्षेत्रमा हुने खाने र हुदाँ खाने बिचको भिन्नता देखीन्छ । अहिले नर्सरी देखी विश्वविद्मालय सम्ममा दुइथरी शिक्षा छ, शिक्षामा असमानता छ । असमान शिक्षा र समान प्रतिस्पर्धा आफैमा बिडम्वना हो ।

नेपाल बहुभाषीक र बहुसांकृतिक विशेषतायुक्त मुलुक हो । भाषीक आधारमा शिक्षा प्राप्त गर्ने अधिकार विद्मार्थिलाई दिन जरूरी छ । भाषिक शिक्षाले लोप हुदै गएको भाषाको रक्षा र सस्कृतीको संरक्षण गर्दछ । हिमाल,पहाड र तराई भौगोलीक रूपमा पनि विशेषता रहेको छ । भुगोल र माटो सुहाउदों बैज्ञानिक तथा ब्यवहारीक शिक्षा आजको आवश्यकता हो ।

राज्यको शैक्षिक नीति निमार्ण गर्नु पर्ने बेला, वर्तमान समयमा नेपाली विद्यार्थी आन्दोलन समग्र शिक्षा क्षेत्रको बिसंगति बिरुद्ध संघर्षरत छ । विद्मालय र विश्वविद्मालयमा भएका समस्या पहिचान गर्न लामो संघर्ष गरेपनि उपलव्धी देखिएको छैन् । २१ औ शताव्दीमा पनि शिक्षालयमा सफा शौचालयको निर्माण र शुद्ध खानेपानीको आपुर्ति विद्यार्थी आन्दोलनको नारा छ । यस्ता बिषयलाई आन्दोलनको नारा बनाउनु पर्ने विडम्बना बिद्यमान छ ।

यही परिवेशमा अखिल(क्रान्तिकारी)को एकताको २१औं राष्ट्रिय सम्मेलनको तयारी हुँदैछ । सम्मेलनमा अहिलेको शिक्षाले जन्माएको बेरोजगारी अन्त्य गर्ने बिषयमा बहस हुन जरूरी छ । समाजवाद उन्मुख शिक्षाको पक्षमा क्रान्तिकारीले निति तथा योजना निर्माण गर्नु पर्ने दायित्व छ । जनयुद्द, जनआन्दोलन बाट प्राप्त उपलब्धीहरू को रक्षा गर्न आवश्यक छ ।

विद्मालय र विश्वविद्मालय लगायत समग्र मुलुकको शैक्षिक समस्याको समाधान राज्यको नितिमा उल्लेख गर्न जरूरी छ । अव परिस्थितिको सहि मुल्याङ्कनगर्दै क्रान्तिकारी विद्मार्थि हरूको ध्यान नीति निर्माणमा केन्द्रीत हूनु जरुरी छ । क्रान्तिकारीको मुल निति मुलुकको विकास प्रविधियुक्त बैज्ञानिक,ब्यवहारीक र माटो सुहाउदो शिक्षा हो । मुख्यत शिक्षालाई उत्पादन र मुलुको समग्र विकास संग जोड्ने काम युवा विद्मार्थिको हो ।

सम्मेलनले स्थानिय तहको चुनावमा पार्टीले व्यहर्नु परेको हारको संमीक्षा गर्दै युवा नतृत्वहरूले माओवादी आन्दोलनमा उत्साह थप्ने कार्यदिशा निर्माण गर्न जरुरी छ । युवा विद्यार्थीको सचेत पहलकदमीले मात्र माओवादी आन्दोलनलाई नयाँ दिशा दिन सकिन्छ । पार्टीका नेताहरूलाई युवा विद्मार्थी नेतृत्वले खवरदारी गर्नु पर्ने आजको आवश्यकता हो ।

विद्मार्थि मोर्चालाई माऊ पार्टीहरूले नेता उत्पादनको थलोको रूपमा मान्दछन । शैक्षिक आन्दोलन पछि पार्टीको राजनिति गर्ने भएकाले विद्मार्थि नेताहरू सुदृड पार्टी निमार्णमा ध्यान दिनु पर्ने उत्तरदायित्व छ।हाल राष्ट्रीय राजनितिमा सक्रिय युवा नेताहरु धेरै जसो पुर्व विद्मार्थि नेता नै छन ।

क्रान्तिकारी आन्दोलनमा निराशा छाईरहेको बेला युवा विद्मार्थिको सम्मेलनले उत्साह थप्नु अनिवार्य भएको छ । ‘सडक बाघ’को रूपमा परिचित संगठनले नेतृत्व बिवेकी जुझारु चयन गर्न सक्नु पर्छ । आज विद्मार्थी आन्दोलनमा एज र एजेन्डा को बिषय चर्को आवाजमा उठेको छ । स्ववियु चुनावमा उमेर हद लगाई सकेको अवस्थामा विद्मार्थि नेतृत्व संगठनमा फ्रेस नेताको किन आवश्यक मान्नु हुन्न ?
नेतृत्वको बिकास राता रात हुने होईन, आन्दोलन र संघर्षले नेताको जन्म हुन्छ । नेताको निर्माण हुने काम जटिल प्रक्रिया हो । गुट र नेता विशेषको समर्थनमा नेतृत्व चयन गर्ने पक्रियाले आजको आन्दोलनको माग बुझ्न सक्दैन । त्यसैले विद्मार्थि प्रतिनिधिलाई आफ्नो नेता आफै छनौट गर्न दिने अधिकार दिनु पर्छ ।
विद्मार्थि आन्दोलन प्रतिपक्ष आन्दोलन हो । आवश्यकता अनुसार आन्दोलन बाट प्राप्त उपलब्धी रक्षा गर्ने सवालमा नेतृत्वले ठोस परिस्थितिको ठोस विश्लेशणको आधारमा गरेको सहमतिहरू धेरै सफल भएका छन । सार्वाजनिक यातयात साधनमा विद्मार्थिलाई पैचालीस प्रतिसत छुट छ । यसमा अखिल क्रान्तिकारी नेतृत्वको महत्वपुर्ण योगदान छ ।

अखिल क्रान्तिकारीका नेताले विगतमा चिउरा दालमोठ खाएर गोलस्टार जुत्ता र एक जोर कपडा लगाएर कलम कापी सहित जनयुद्ध बगाएको रगतको मर्म अनुरुप अगाडी बढ्नु पर्छ । क्यामपस नजाने महङ्गा साधानको प्रयोग गर्ने विलाशी जीवनमा रमाउने अनि क्रान्तिकारी नेता पनि हुने अराजकजका बढेको छ, जसलाई रोक्न जरुरी छ । आन्दोलनका नाममा चन्दा उठाउने काम आन्दोलनलाई तुहाउने गतिविधी हो । संगठनमा फ्रेस र स्वच्छ छविका विद्मार्थिको आकर्षण घटाउनु हो ।

क्रान्तिकारी नेताहरू यस्ता प्रकारका प्रविधिक बिषयमा रमाऊने काम त्यति जायज होईन । आर्थिक पारदर्शीता क्रान्तिकारी बिद्यार्थीको आजको आवश्यकता हो । आर्थिक संकलन कसरी गर्ने, संगठन ब्यवस्थापन र पारदर्शीता, संगठन चलाउने विधि निर्माण तथा आगामी कार्यदिशा वारे बहस हुन जरुरी छ ।
लेखक अाचार्य


सचेत युवा विद्मार्थिको कर्तब्य विद्मालय, विश्वविद्मालयको बिसंगति बिरुद्ध संघर्ष गर्दै आफ्नो समाजको बिकृति हटाउन पनि भुमीका निर्वाह गर्नु पर्छ ।

संगठनका पूर्वउपाध्यक्ष बेनोज अधिकारी र वेपत्ता पुर्व महासचिव पुर्ण पौडेलले बिकृत अखिल क्रान्तिकारी बनाउन रगत बगाएका थिएनन । अखिल क्रान्तिकारीको वर्तमान नेतृत्वले शहिद र बेपत्ता नेताहरूको देखेको सपना पुरा गर्ने प्रतिवद्धता जनाउनु आवश्यक छ ।

विद्मार्थि आन्दोलनको मर्म बुझेको नेताले मात्र नीति र नेतृत्वको उचित तालमेल गर्न सक्छ । आन्दोलन गर्न र संगठनले लिएका एजेन्डा लागु गर्न पद नै चाहीन्छ भन्ने अतिवाद हो । आजको मुख्य आवश्यकता विद्यार्र्थीका समस्यको समाधान गर्ने नेतृत्वको हो । चिली कि विद्मार्थि नेतृ क्यामीला आन्दोलनको मुख्य नेतृत्व गर्दै गर्दा संगठनको मुख्य पदमा थिइनन ।

मुलकको असमान शिक्षालाई समान र गुणस्तरयुक्त निशुल्क माटो सुहाउदो ब्यवहारीक सर्वशुलव शिक्षाको नितिलाई कर्वानयन गर्ने जुझारु नेतृत्व आजको आवश्यकता हो । सिर्जनशिल र रचानात्मक नेता क्रान्तिकारी विद्यार्थीले चाहेका छन ।

संगठन धान्ने नेताको उत्पादनले खासै आन्दोलनमा धेरै ऊर्जा थपिदैन । अखिल क्रान्तिकारीलाई नयाँपन चाहीएको छ । अखिल क्रान्तिकारीको सम्मेलनमा उपस्थित हुने प्रतिनिधिहरूले संगठनको नीति अनुरूप परिचालन हुने प्रतिवद्धता सहित विद्यार्थी आन्दोलनमा नयाँपन दिन सक्ने नेतृत्व चयन गर्नु पर्ने अहिलेको दायित्व छ ।

salt training

कमेन्ट गर्नुहोस्