२७ असार २०८३, शनिबार

खप्तड लघुवित्तको आईपीओ खुल्यो

खप्तड लघुवित्तको आईपीओ खुल्यो
प्रतिकात्मक तस्वीर

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । 

कम्पनीले बुधवारदेखि प्रतिकित्ता १०० अंकित मूल्यमा १ करोड ३२ लाख मूल्य बराबरका १ लाख ३२ हजार कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत बिक्री खुला गरेको हो ।

कम्पनीले निष्कासन गरेको साधारण शेयरमा कूल जारी पुँजीको ०.५ प्रतिशत अर्थात् २ हजार कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको ५ प्रतिशत अर्थात् ६ हजार ६०० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ । 

सर्वसाधारणले भदौ १२ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार ३२० कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिमा मागबमोजिम आवेदन नआए भदौ २२ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्युयर बीबी माइनस’ रेटिङ प्रदान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्