
अल्का अस्पतालले तीजको अवसरमा महिलाहरूका लागि छुट योजना ल्याएको छ । महिलाहरूलाई केन्द्रित गरेर अल्का अस्पतालले यही भदौ १० गतेदेखि १७ गतेसम्म उपचार गर्न आएकाहरूलाई ओपिडी सेवामा २० प्रतिशतसम्म छुटको योजना सार्वजनिक गरेको हो ।
‘अस्पतालका सबै सेवामा महिलाहरूलाई २० प्रतिशतसम्म छुट दिएका छौँ’, अस्पतालका प्रशासन प्रमुख भगवान केसीले भने, ‘अस्पतालका ओपिडी सेवा लिन आएका सबै महिलाहरूलाई २० प्रतिशतसम्म छुट हुन्छ ।’
यो छुट विरामीहरूलाई ल्याब परीक्षणमा पनि कायम रहने अस्पतालले जनाएको छ ।
ललितपुरको जावलाखेलमा अवस्थित अल्का अस्पतालले १७ वर्षदेखि बिरामीहरूलाई सेवा दिइरहेको छ । अल्का अस्पतालको आफ्नै नर्सिङ कलेज र पोलिक्लिनिक पनि सञ्चालनमा रहेको छ ।