२७ असार २०८३, शनिबार

पछिल्लो २४ घण्टामा ४४४ जना संक्रमित थपिए, ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ४४४ जना  संक्रमित थपिए, ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा मुलुकभर ४४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार ९५४ नमूना परीक्षण गर्दा ४४४ जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार १ हजार ९९६ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा २११ जना र २ हजार ९५८ नमूना एण्टीजेन विधिबाट परीक्षण गर्दा २३३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार १९९ पुगेको छ ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।  

संक्रिय संक्रमितमध्ये ४ हजार २६ जना होम आइसोलसनमा, १७३ जना संस्थागत आइसोलेसन, ५० जना आईसीयू र २ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । 

त्यसैगरी विगत २४ घण्टामा ३०७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्