१७ असार २०८३, बुधबार

बाँकेमा मजदुरको ज्यालामा बढोत्तरी

बाँकेमा मजदुरको ज्यालामा बढोत्तरी
प्रतिकात्मक तस्वीर

बाँकेमा ज्याला मजदुरी तथा श्रम गर्नेको ज्याला बढाइएको छ ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्ष २०७९/८० का लागि दररेट निर्धारण गरेको हो ।

जिप्रका बाँकेले सार्वजनिक खरिद नियमावली २०६४ को परिच्छेद १५ को नियम १४८ (१) बमोजिम जिल्ला दररेट निर्धारण समितिको बैठकले निर्णय गरेको आधारमा दररेट निर्धारण गरेको हो । 

बैठकको निर्णय अनुसार सिकर्मी, डकर्मी, चित्रकार, बज्रकर्मी, रोलर र ग्रेडर अपरेटरको प्रतिदिन प्रतिव्यक्ति ज्याला ८४० बाट बढाएर ९९२ पुर्‍याइएको छ । बैठकले अर्धदक्ष कामदारको ज्याला ७०४ बाट बढाएर ८३२, ज्यामीको ५९० बाट बढाएर ६२६, वेल्डरको ७९० बाट बढाएर ८०३ तथा सहायक वेल्डरको ८८० बाट बढाएर ७२२ ज्याला तोकेको छ ।

कुचिकारको ज्याला ५२५ बाट बढाएर ५५७ र चौकीदारको ५९० बाट बढाएर ६२६ कायम गरिएको छ । नेपाली सिमेन्ट पीसीसीको प्रतिबोरा ६८० र नेपाली ओपिसी सिमेन्टको प्रतिबोरा मूल्य ७८० कायम गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्