
आकाशतिर हेर्दा सेतो, निलो र कालो रंग देखिन्छ तर दक्षिण अमेरिकी देश चिलीमा यस्तो रहस्यमय घटना भएको छ, जहाँ आकाशको रंग बैजनी देखिएको छ ।
आकाशमा बैजनी रंगको बादल देखिएपछि स्थानीय त्रसित भएका छन् भने फोटोहरू भाइरल भएका छन् । चिलीको पोजो अल्मोन्टे शहरमा यस्तो बादल देखिएको हो ।
तारापाकाका उपक्षेत्रीय निर्देशक क्रिस्टियन इबानेजले घटनाको जाँच भएको बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खबर छ । पर्यावरण अधिकारी इम्नैएल इबाराका अनुसार पम्पको प्लान्टमा लगाइएको मोटर फेल भएका कारण यस्तो भएको हो । पम्प फेल हुँदा प्यान्टबाट आयोडिन ग्यास निस्किएर बादल बैजनी भएको जनाइएको छ ।
