१७ असार २०८३, बुधबार

तीज पर्व सिर्जनशील र उल्लासमय रहोस् : उपराष्ट्रपति पुन

तीज पर्व सिर्जनशील र उल्लासमय रहोस् : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीज–२०७९ को पावन अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

तीजका अवसरमा मंगलवार शुभकामना दिँदै उनले तीज पर्व सिर्जनशील र उल्लासमय रहोस् भनी कामना गरेका छन् ।

हरितालिका तीजले नेपाली महिलाहरूमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्ने उनको विश्वास छ । उपराष्ट्रपतिले आफ्नो स्वास्थ्यलाई ध्यान दिएर तीज पर्व मान्न सम्पूर्ण दिदीबहिनीलाई आग्रह गरेका छन् ।

चाड पर्वहरूले सामाजिक सद्भावलाई सुदृढ् र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको उल्लेख गर्दै उनले नेपालका धार्मिक तथा सांस्कृतिक चाडपर्वहरू कतिपय परम्पराबाट माथि उठेर मनाउन आवश्यक रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्