०२ असार २०८३, मंगलबार

सेलाएको तरकारी दिएको निहुँमा पतिले गरे ‘डिभोर्स’, प्रहरीमा मुद्दा दर्ता

सेलाएको तरकारी दिएको निहुँमा पतिले गरे ‘डिभोर्स’, प्रहरीमा मुद्दा दर्ता

भारतको उत्तर प्रदेशको पिलिभितमा सम्बन्ध विच्छेदको एउटा घटना सार्वजनिक भएको छ । जसको कारण थाहा पाउँदा सबैजना अचम्मित भएका छन् । भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार एक महिलालाई खानामा सेलाएको तरकारी दिएको निहुँमा उनका पतिले सम्बन्ध विच्छेद गरेका हुन् । 

सेलाएको तरकारी दिएपछि रिसले चूर भएका पतिले पत्नीलाई तीनपटक ‘तलाक तलाक तलाक’ भनेका थिए । मुस्लिम समुदायमा तीनपटक ‘तलाक’ भनेपछि सम्बन्ध विच्छेद हुने सामाजिक कानून छ । 

पतिले सम्बन्ध विच्छेद  गरेपछि उनी प्रहरीको शरणमा पुगेकी छन् । प्रहरीले सम्बन्ध विच्छेद गर्ने पतिविरुद्ध मुद्दा दर्ता गरेको छ । 

थाना पुरनपुर क्षेत्रको कस्बे घर भएकी ती युवतीले प्रहरीलाई दिएको बयानअनुसार उनीहरूको सन् २०२१ मे २३ तारिखमा विवाह भएको थियो । मुस्लिम परम्पराअनुसार रजागन्ज मोहल्लेका एक युवकका साथ उनको विवाह भएको थियो । कम दाइजो दिएको निहुँमा ससुराल पक्षले माइतीबाट बिदा दिइसकेका उनलाई घर लगेका थिएनन् । पछि उनका आमाले माग गरिएअनुसारको दाइजो दिएपछि मात्र उनलाई लगिएको थियो । 

विवाह मे २३ मा भए पनि उनलाई अगस्ट ८ मा मात्र घर भित्र्याइएको थियो । युवतीका अनुसार ससुराली पक्षले १५ लाख भारतीय रुपैयाँ दाइजोमा लिएका थिए । त्यसपछि पनि उनीहरू खुशी थिएनन् । सोही कारण उनलाई पतिले शारीरिक तथा मानसिक यातना दिने गरेका थिए । 

पछिल्लोपटक २०२२ अप्रिल १२ का दिन दिउँसोका खानामा सेलाएको तरकारी दिएको निहुँमा उनका पतिले सम्बन्ध विच्छेद गरेका हुन् । ‘तलाक’ दिनु अघि पतिले उनलाई नराम्रोसँग कुटपिटसमेत गरेको प्रहरीलाई दिएको बयानमा उल्लेख गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्