माघ १९, २०७९
दाङको तुलसीपुरमा बाहिरी चक्रपथ निर्माण हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका इञ्जीनियर पवन योगीका अनुसार शीतलपुरबाट मजगैसम्मको बाहिरी चक्रपथ निर्माण गर्नका लागि अध्ययन गरिने भएको हो । उपमहानगरपा...
मकवानपुर | भदौ १५, २०७९
हेटौंडा उपमहानगरपालिका क्षेत्रमा अतिक्रमण र मापदण्डविपरीत बनेका संरचना हटाउन कार्यदल गठन भएको छ ।
उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा बसेको ८ औं कार्यपालिका बैठकले नगरका सम्पूर्ण वडामा नियमविपरीत निर्माण भएका संरचना मूल्यांकन र अनुगमनका लागि हेटौंडा– १० का अध्यक्ष फुर्वा दोर्जे लामाको संयोजकत्वमा अव्यवस्थित संरचना व्यवस्थापन कार्यदल गठन गरेको हो ।
बैठकले संरचनाहरू हटाउनका लागि ३५ दिने सूचना जारी गरी कामलाई अघि बढाउने जनाएको छ ।
कार्यदलले मुख्य गरी प्रदेशको राजधानी रहेको हेटौंडा बजार क्षेत्रमा रहेका अव्यवस्थित र अतिक्रमण गरी निर्माण भएका संरचनाको अवस्था र लगत संकलन गरी कार्यान्वयनका लागि प्रतिवेदन तयार पार्ने नगरप्रमुख लामाले बताइन् । राजमार्ग क्षेत्र र भित्री सडक अतिक्रमण र उपमहानगरपालिकाको मापदण्डविपरीत निर्माण भएका संरचनाको मूल्यांकन गर्ने र हटाउने उनले जानकारी दिइन् ।
नगर क्षेत्रमा नक्सा पास नभई बनेका सानाठूला टहराहरू स्वस्फूर्त रूपमा हटाउन ३५ दिने सूचना प्रकाशन गरेसँगै कार्यदलले काम शुरू गर्ने महानगरले जनाएको छ ।
नगर प्रमुख लामाका अनुसार सूचना प्रकाशनपछि त्यस्ता संरचना नहटाएमा उपमहानगरले उपकरण प्रयोग गरी हटाउने तयारी छ ।
'हामी सुन्दर शहर निर्माणको अभियानमा छौं । अव्यवस्थित ढंगबाट निर्माण भएका संरचनाले बजारको सुन्दरतामा कमी ल्याएको र कानूनविपरीत रहेकाले हटाउने तयारी थालेका हौं,' उनले भनिन् ।
कार्यपालिका बैठकबाट गठित कार्यदलको सदस्यमा हेटौंडा-१ बाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्य ईश्वरी रसाइली, हेटौंडा- २ का सुरज बर्तौला, हेटौंडा- ४ का जेएन श्रेष्ठ र सरोकारवाला निकाय मकवानपुर उद्योग वाणिज्य संघका एक सदस्य रहनेछन् ।
बैठकले हेटौंडा-१० मा रहेको थोक तथा खुद्रा तरकारी बजारलाई हेटौंडा– १ मा सार्ने निर्णय पनि गरेको छ ।
बसपार्क क्षेत्रमा निर्माण भैरहेको बस टर्मिनल निर्माणको काम तरकारी बजारका कारण असहज भएको भन्दै कार्यपालिका बैठकले अहिलेलाई हेटौंडा- १ को राप्ती कोरिडोर क्षेत्रमा तरकारी बजार सार्ने निणर्य गरेको नगरप्रमुख लामाले जानकारी दिइन् ।
यस्तै उपमहानगरको कार्यपालिका बैठकले गत साउनमा हेटौंडामा भएको नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशनको खर्च स्वरूप १० लाख रुपैयाँ सहयोग रकम दिने निर्णय पनि गरेको छ ।
दाङको तुलसीपुरमा बाहिरी चक्रपथ निर्माण हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका इञ्जीनियर पवन योगीका अनुसार शीतलपुरबाट मजगैसम्मको बाहिरी चक्रपथ निर्माण गर्नका लागि अध्ययन गरिने भएको हो । उपमहानगरपा...
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्ने काम थपिएको समयभित्र पनि नसकिने भएको छ । निर्माण कम्पनीका अनुसार चारवटा पुलमध्ये एउटा पुलको भित्तो काट्ने काम नसकिने भएको हो । ...
काभ्रेमा बसको ठक्करले ८ वर्षीया बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले बस जलाइदिएका छन्। आज दिउँसो बनेपाबाट खार्पाचोक जाँदै गरेको बसले नमोबुद्ध नगरपालिका-७ स्थित २० किलो,भकुण्डेवेशीमा बालिकाला...
बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ भकुण्डेमा आज दिउँसो यात्रुबाहक बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्ड...
मानव बेचविखन तथा ओसारपसार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर उदयपुरगढी गाउँपालिका-२ घर भई टोखा नगरपलिका-३ बस्ने ४४ वर्षीय रवि थापा म...
अर्थ मन्त्रालयले सहसचिवहरुको कार्यविभाजन गरेको छ। मन्त्रालयले बिहीबार कार्यविभाजन गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जानकारी दिएको छ। जसअनुसार श्रीकृष्ण नेपाल आर्थिक सहायता समन्वय महाशा...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...