
प्यारासुट नेचुराल स्याम्पुले ‘संङ्गीसँग तीज’ नामक तीज विशेष कार्यक्रम आयोजना गरेको छ । गत सोमबार आयोजना गरिएको उक्त कार्यक्रम स्याम्पुको एक महिने लामो “श्रावण वीथ सङ्गी” नामक मार्केटिङ अभियानको विस्तारित रूप भएको जनाइएको छ ।
कार्यक्रम स्याम्पुसँग आबद्ध रही स्याम्पुको मार्केटिङ यात्रामा विशेष योगदान पु¥याइरहेका महिला ‘इनफ्लुएन्सर’, कपाल विशेषज्ञ र पार्लरप्रति आभार प्रकट गर्न तथा महिला सम्बन्धलाई प्रगाढ बनाउने ध्येयका साथ गरिएको कम्पनीको भनाइ छ ।
ब्राण्ड एम्बास्डर, आँचल शर्माको विशेष आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा विभिन्न रमाइला गतिविधिहरू समावेश गरिएको थियो । कार्यक्रममा थप रोमाञ्चकता थप्नका निम्ति कपाल बाट्ने, चुरा मिलाउनेजस्ता प्रतियोगिताहरूको आयोजना गरिएको थियो ।
प्यारासुट नेचुराल स्याम्पु अग्रणी उपभोक्ता कम्पनी मेरिको लिमिटेड अन्तर्गत कपाल हेरचाहको श्रेणीमा पर्ने ब्राण्ड हो, जसलाई तयार गर्न नरिवल मिल्क प्रोटिन, मेहेन्दि, रेड हिबिस्कस र एलोभेराजस्ता प्राकृतिक सामाग्रीहरूको मात्र प्रयोग गरिन्छ ।