०३ असार २०८३, बुधबार

अमेरिकामा दुई विमान आकाशमा झण्डै ठोकिएपछि... (भिडियो)

भदौ २२, २०७९
अमेरिकामा दुई विमान आकाशमा झण्डै ठोकिएपछि... (भिडियो)

अमेरिकाको ओर्लान्डो अन्तर्राष्ट्रिय विमानस्थलको आकाशमा दुईवटा विमान झण्डै ठोकिएको दृश्य भिडियोमा कैद भएको छ । 

बोइङ ७५७ यात्रुवाहक विमान सेस्ना विमानसँग आकाशमै लगभग ठोकिएको हो । 

सानो विमानका चालकले तत्काल दिमाग लगाएर विमानलाई घुमाएर दुर्घटनाबाट जोगाए । यसरी उनी सयौं मानिसको ज्यान जोगाउन सफल भए । 

यात्रुले भरिएको बोइङ ७५७ विमान फ्लोरिडा विमानस्थलबाट अगस्ट १७ मा उडेर सेस्ना विमानको एकदमै नजिक पुगेको थियो । 

सेस्नाका पाइलट मलिक क्लार्कले आफ्नो विमानसँग ठूलो जेट विमान ठोकिन आएको देखिहाले र फनक्क अर्को दिशामा घुमाए । 

सेस्नाभित्रबाट खिचिएको भिडियोमा मलिकले जेट विमानभन्दा माथि आफ्नो विमान धैर्यका साथ उडाएको अनि आकाशमा ठोकिनबाट जोगाएको देखिन्छ ।

मलिकको दिमाग तत्काल चलेकाले दुई विमान जमीनबाट ५०० फीटमाथि अलिकतिले ठोकिनबाट जोगिएको थियो । 

दुवै विमानका चालकले एकअर्कालाई देखेको र घटनापछि एयर ट्राफिक कन्ट्रोलरसँग कुरा गरेको पाइएको छ । 

उड्डयन विभागले घटनाको अनुसन्धान गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्