×

NMB BANK
Dabur

सन्दर्भ: १९औं निजामती दिवस विशेष

निजामती सेवामा सुधारको बहस– कर्मचारीलाई यसरी बनाउन सकिन्छ सेवाग्राहीमैत्री

भदौ २२, २०७९

NTC
Sarbottam
Premier Steels

विश्वमा निजामती सेवा शुरू भएको १६८ वर्ष र नेपालमा निजामती सेवा गठन भएको ६६ वर्ष पुग्यो तर निजामती सेवा दिवस मनाउन थालिएको १९ वर्ष मात्र भयो । १९औं निजामती सेवा दिवस ‘व्यावसायिक र सिर्जनशील निजामती प्रशासनः विकास, समृद्धि र सुशासन’को आदर्श वाक्यसाथ विभिन्न कार्यक्रमसाथ मनाइँदैछ ।

Sagarmatha Cement
Muktinath Bank

लामो समयसम्म निजामती सेवाले आफ्नो दिवस पनि सम्झन पाएको थिएन । विमल कोइराला नेपाल सरकारको मुख्य सचिव भएको समयमा निजामती सेवाले आफ्नो दिवस सम्झिने प्रथा शुरू गर्‍यो तर अहिले पनि यो दिवस सरकारको प्राथमिकतामा परिसकेको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दिवस मनाउनु आवश्यक छ र ? कर्मक्षेत्रमा समर्पित व्यक्तिहरूका लागि दिवस मनाउने प्रचलन २ प्रकारले महत्त्वपूर्ण हुन्छ । पहिलो– आफ्नो विषयमा सबैको ध्यान खिचिने भएकाले कार्यक्षेत्रमा योगदान दिन हौसला दिन्छ, यो एक प्रकारले महोत्सव हो । दोस्रो– आफ्नो कार्यप्रणालीको समीक्षा गरी सुधारको मार्ग प्रशस्त गर्ने दिनका रूपमा पनि दिवस रहन्छ । 


Advertisment
SBL

दिवसहरू मनाउँदा आदर्श वाक्य राख्ने चलन छ । यसले अर्को दिवससम्मका लागि गर्नुपर्ने संकल्पको द्योतन गर्दछ । अहिलेको आदर्श वाक्य भने ५ वर्षका लागि गत वर्ष नै निर्धारण गरिएको हो । यो आदर्श वाक्य सान्दर्भिक यस अर्थमा छ कि अहिले निजामती प्रशासनमाथि व्यावसायिक र सिर्जनशील भएन भन्ने आरोप लागिरहेको छ । १ वर्षभन्दा बढीका लागि एकै आदर्श वाक्य कायम गर्नुको पछि भने निजामती सेवालाई सिर्जनशील र व्यावसायिक बनाउन ५ वर्ष लाग्छ वा लगातार ५ वर्ष संकल्प गरौं भन्ने पनि हो ।

Vianet communication
Laxmi Bank

कतिपयहरू आदर्श वाक्यमा नै प्रश्न उठाउन सक्लान्, किन ५ वर्ष भयो भनेर । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले पनि गत र यस वर्षका लागि ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’को आदर्श वाक्य चयन गर्‍यो, सहकारी व्यवसाय मर्यादित बनाउन सहकारी अभियानको ध्यान खिच्नु यसको आशय थियो । त्यसै अनुरूप निजामती सेवामा पनि व्यावसायिकता र सिर्जनाको लगातार ५ वर्ष संकल्प गर्नु उचित नै हो । 

कतिपय विद्वानहरू व्यावसायिक हुनु र सिर्जनशील बन्नु निजामती प्रशासनको मूल्य नै हो भन्ने भएकाले त्यही विषय आदर्श वाक्य राख्नु किन पर्‍यो भन्ने तर्क गर्छन् । मूल्य र आदर्श स्खलित हुन लाग्यो, त्यसकारण यस प्रकारको संकल्प सान्दर्भिक मात्र होइन, जरुरी नै छ । चिन्ता यो आदर्श वाक्य पनि औपचारिक मात्र बन्ला कि भन्ने हो । 

अब निजामती सेवाको वर्तमान अवस्थाबारे केही कुरा गरौं । निजामती सेवा व्यवस्थित समाज वा लोकतन्त्रको निर्विकल्प संयन्त्र हो । यसको क्षमतामा नै राज्य प्रणाली र विकासको स्तर निर्धारण हुन्छ । राज्य इच्छालाई संस्थागत गराउने कामका लागि निजामती सेवाको आविस्कार भएको थियो भन्ने गरिन्छ । निजामती प्रशासनले अनुमति दिएभन्दा बढी उम्दा कुनै पनि मुलुकको शासनस्तर हुन सक्दैन । यो राज्य व्यवस्थाको मियो हो । यो एकल तर बहुउद्देश्यीय एकाधिकार भएको संस्था हो, कतिपय कुरा यसैका कार्यक्षेत्रमा मात्र सीमित छन् । यो नहुँदो हो त राज्य व्यवस्था निर्जीव हुने थियो, राजनैतिक प्रणाली अचेत हुने थियो । समाजमा बेथिति बढ्ने थियो ।

के निजामती प्रशासन क्षमताविहीन हुँदै गएको हो ? सामाजिक संकेतसँग खेल्न नसक्ने, सर्वसाधारणका समस्या सम्बोधन गर्न नसक्ने स्थानमा निजामती सेवा पुगेको हो ? त्यो पटक्कै होइन । पञ्चायतका समयमा हुकुम प्रमाङ्गीबाट निजामती सेवामा आएका वा योग्यता प्रणालीबाट आए पनि दरबारको संरक्षणमा रहेकाहरूले पनि केही उल्लेख्य काम गरेका थिए । अहिले निजामती प्रशासनको संविधानले नै वृत्ति सुरक्षा गरेको छ । लोकसेवा आयोगले उपलब्धमध्ये उम्दा प्रतिभाको छनौट गरेको छ ।

प्रशासनका गुरुहरू भन्ने गर्छन्, ‘राजनीति विनाको प्रशासन अचेत हुन्छ भने प्रशासन विनाको राजनीति गतिहीन’ । अर्को शब्दमा राजनीतिले उद्देश्य निर्धारण गर्दछ, प्रशासनले त्यो उद्देश्य पूरा गर्न कार्यान्वयन गर्दछ । राजनीतिले नीति कार्य र कार्यान्वयन वा व्यवस्थापन चाहिँ प्रशासनले गर्दछ । कार्यान्वयनमा मात्र होइन, नीति उद्देश्य निर्धारणमा पनि प्रशासनले व्यावसायिक सहयोग गर्दछ, नेपथ्यको भूमिका खेल्दछ । यसर्थ राजनीति र प्रशासन आ–आफ्नो कार्यक्षेत्रमा सीमांकित भइकन अन्तरसम्बन्धित पनि छन् । किनकि नीति र व्यवस्थापन बीचको विभाजन निकै अस्पष्ट र जटील पनि छ ।

निजामती सेवामा व्यावसायिकता र सिर्जनशीलता भएन भन्ने आरोप छ । यसका भित्री र बाहिरी पाटा अलग छन् । को कर्मचारी सिर्जनशील र व्यावसायिक हुन नचाहला र ? जुन वृत्ति अवलम्बन गर्छु भनेर सेवाभित्र प्रवेश गरेको छ, त्यसभन्दा पर जाने कर्मचारी सीमित मात्र हुन्छन् । उसलाई व्यावसायिक सिर्जनशीलताबाट पर पुर्‍याउने, विषयान्तर हुन दुरुत्साहन गर्ने पक्षमाथि विवेचना गरिएको नै छैन । त्यसैले यसले सेवाग्राहीको माया पाउन र राजनीतिक कार्यकारीको माया पाउन सकेको छैन तर यसो किन भइरहेको छ भन्ने समीक्षा भने गरिएको छैन ।

राजनीतिक समाजले तत्कालको विषयमा प्राथमिकता दिँदा स्थापित प्रणाली भत्किन जान्छ । राजनीतिक चाहनाले नै निजामती सेवाका मूल्य क्षयीकरण भएको छ । यसले शासकीय प्रणालीमाथि जनविश्वास घटाउँदै लगेको छ । असल कार्यसम्पादन गर्ने सीमित कर्मचारीहरू राजनीतिक र प्रशासनिक नेृतत्वको संरक्षणमा छैनन् । प्रणालीभित्र अनुचर प्रवृत्ति बढाउने काम भएको छ । सरुवा, जिम्मेवारी निर्धारण, अवसर वितरण, मनोनयन, पुरस्कार र विभूषण जस्ता पक्षमा सेवा भित्रका राम्रा व्यक्तिहरू सधैं उपेक्षित छन् । सरुवा जहिले जसरी पनि गरे हुन्छ भन्ने सोच छ ।

एक क्षेत्रमा सीप आर्जन गर्ने, अर्को क्षेत्रमा काम गर्नुपर्ने बाध्यता छ । यस अवस्थामा प्रणालीले नै न्याय नगरेका कारण वैयक्तिक सीप, क्षमता र ज्ञानको सिर्जनशील उपयोग हुने वातावरण छैन । 

टेबलमा आएको काम पूरा हुँदा कार्यसम्पादन भएको मानिने प्रशासनिक मनोविज्ञान छ । विश्वव्यापीकरण र सञ्जालीकरणका कारण स्थापित नवीन मूल्य मानकलाई प्रणालीबद्ध गर्न सकिएको छैन । परिवर्तनले एक्काइसौं शताब्दीको प्रशासनको माग छ, बहुसीपयुक्त कर्मचारीका लागि तीव्र दबाब छ तर निजामती सेवाभित्र स्वयं प्रशिक्षित हुने, स्वयं उत्साहित  हुने र निरन्तर सीप आर्जनमा रहने जीवन्त स्वभाव हुर्किएको छैन । आफ्नै औचित्य सिद्ध गर्न पनि निरन्तर सीप र समर्पण चाहिन्छ भन्ने बोध छैन । निजामती प्रशासनभित्र अरुको कामलाई मान्यता नदिने, आफूले गरेको कामको स्वयं प्रशंसा गर्ने बानी बढेको छ, एडमिनिस्ट्रेटिभ गिमिकलाई बढावा दिन्छ ।

राजनीतिक कार्यकारी त्यसैमा मक्ख छ । प्रशासन नवप्रवर्तनको प्रवेश विन्दु प्रशासनिक नेतृत्व हो, यो नै सुधारको बोटलनेक बनेको छ । कनिष्ठ र सम्बन्धित क्षेत्रमा ज्ञान/अनुभव नभएकाहरूलाई प्रशासनिक नेतृत्व दिने प्रवृत्ति हाबी छ । आफूले योगदान गर्न नसक्ने अमूक निकायहरूमा जाने चाहना किन बढेको हो भन्न सकिने अवस्था छैन । प्रशासनिक सिद्धान्तले जो कुनै कर्मचारी जुनसुकै जिम्मेवारीका लागि योग्य हुँदैनन् भन्ने मान्यता राख्दछ । यदाकदा देखिएका असल नेतृत्वले संगठनलाई लतारेर सुधार र सिर्जनामा अघि बढाएको छ तर बारम्बारको सरुवा, राजनैतिक तथा आन्तरिक प्रणालीबाट सहयोग नहुँदा सुधारका प्रक्रिया त्यत्तिकै हराएका छन् । 

के निजामती प्रशासन क्षमताविहीन हुँदै गएको हो ? सामाजिक संकेतसँग खेल्न नसक्ने, सर्वसाधारणका समस्या सम्बोधन गर्न नसक्ने स्थानमा निजामती सेवा पुगेको हो ? त्यो पटक्कै होइन । पञ्चायतका समयमा हुकुम प्रमाङ्गीबाट निजामती सेवामा आएका वा योग्यता प्रणालीबाट आए पनि दरबारको संरक्षणमा रहेकाहरूले पनि केही उल्लेख्य काम गरेका थिए । अहिले निजामती प्रशासनको संविधानले नै वृत्ति सुरक्षा गरेको छ । लोकसेवा आयोगले उपलब्धमध्ये उम्दा प्रतिभाको छनौट गरेको छ । कर्मचारीहरूमा जानकारी र शिक्षाको स्तर पनि उल्लेख्य रूपमा बढेको छ, देशविदेशका उच्च शैक्षिक प्रतिष्ठानबाट दीक्षित छन् । सूचना प्रविधिले क्षमता विकास र अवसर उपयोगको ढोका खोलेको छ ।

क्षमताशील कर्मचारीहरूलाई अभिमुखीकरण गरेर नै व्यावसायिक र सिर्जनशील बनाउन सकिन्छ । कर्मचारीमा रहेको अन्तरनिहीत प्रतिभालाई क्षमता बदल्न, निरन्तर सीप र ज्ञान निर्माणमा क्रियाशील बनाउन, त्यसलाई संस्थाको सम्पत्तिका रूपमा उपयोग गर्न प्रणाली निर्माण गर्नुपर्छ । त्यसपछि मात्र विकास, समृद्धि र सुशासनको युगीन दायित्वमा निजामती प्रशासन खरो उत्रिन सक्छ । यसका लागि निजामती प्रशासनलाई अभिभावकत्व दिई उसको व्यावसायिक स्वायत्ततालाई सम्मान गर्ने राजनीतिक नेतृत्व र निजामती आदर्शलाई महत्त्व दिने प्रशासनिक नेतृत्व पहिलो आवश्यकता हो ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
पुस ५, २०८०

हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कहाँ चुक्यौँ हामी ?

कहाँ चुक्यौँ हामी ?

फागुन १९, २०८०

हामी सबैको आकाश एउटै छ । धर्ती एउटै छ । हावा, पानी, माटो एउटै छ । अग्नि, वायु, सूर्य एउटै छ । जन्म प्रक्रिया एउटै छ, मरण प्रक्रिया एउटै छ । जीवन प्रक्रिया एउटै छ, जीवन प्रणाली एउटै छ । मांसपेशी प्रणाली एउटै छ ...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

x