×

NMB BANK
NIC ASIA

उद्यम

आक्रामक व्यापार गर्दै ‘चिकेन स्टेसन’ : ताम्राकारको लोभलाग्दो सफलता

भदौ २५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो समय नेपालमा ‘फास्ट फूड’ निकै लोकप्रिय बन्दै गइरहेको छ । अझै गहन रूपमा हेर्ने हो भने विगतका केही वर्षयता फास्ट फूडमा नेपालीको बानी पर्दै गइरहेको छ ।

Muktinath Bank

फास्टफूड लोकप्रिय मात्रै होइन, एक किसिमको संस्कृति नै भइसकेको छ । साथीभाइ भेट्दा होस् वा पारिवारिक रूपमा गफिने ठाउँ, त्यो फास्ट फूडमै सम्भव भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

युवा पुस्तामा लोकप्रिय बन्दै गएको फास्ट फूड संस्कृतिको विकासका लागि नेपालका केही युवाले निकै मेहनत गर्नुपरेको छ ।


Advertisment
Nabil box
Kumari

बर्गर हाउस, क्राउन्ची चिकेन होस् वा चिकेन स्टेसन संघीय राजधानी काठमाडौंमा मात्रै होइन, देशव्यापी रूपमा नै फैलिँदो छ । पछिल्लो समय चिकेन स्टेसनमा फास्ट फूड पारखीको भीड लाग्ने गरेको छ । बिहान, दिउँसो वा साँझ जुनसुकै समयमा पनि चिकेन स्टेसनका आउटलेटहरूमा मानिसको घुइँचो देख्न सकिन्छ ।

Vianet communication
Laxmi Bank

आजभन्दा करीब ५ वर्षअघि युवा उद्यमी निकेश ताम्राकारले चिकेन स्टेसनको शुरूआत गरेका थिए । सोही चिकेन स्टेसनले नै उनलाई आजपर्यन्त सफल बनाउँदै लगेको छ ।

उद्यमी ताम्राकार मात्रै सफल भएका छैनन्, उनीसँगै चिकेन स्टेसन पनि सफल भएको छ, फास्ट फूड पारखीका लागि मुख्य ब्राण्ड नै बनिसकेको छ चिकेन स्टेसन ।

ताम्राकारले चिकेन स्टेसनको पहिलो आउटलेट सञ्चालन गर्दा करीब १०–११ जनाले मात्रै रोजगारी पाएका थिए । अहिले आउटलेट थपिँदै जाँदा रोजगारी पाउनेको संख्या करीब ७०० पुगिसकेको छ ।

फैलिँदै चिकेन स्टेसन
  
ताम्राकारको आफ्नै परिकल्पनामा चिकेन स्टेसनको शुरूआत २०१७ मा भएको थियो । सो वर्षको लक्ष्मीपूजाको अवसर पारेर ताम्राकारले ललितपुरको पर्यटकीय क्षेत्र झम्सिखेलमा पहिलो चिकेन स्टेसन सञ्चालनमा ल्याएका थिए । पर्यटकीय नगरीको रूपमा परिचित झम्सिखेल दोस्रो ठमेलको रूपमा समेत चिनाइने गरेको छ ।

देशविदेशका पर्यटकहरू झम्सिखेलमा झुम्न उत्साहित हुन्छन् । पर्यटनका हिसाबले पनि बाक्लो भीड हुने क्षेत्र झम्सिखेलमा उनले पहिलो स्टेसन सञ्चालनमा ल्याएका थिए । शुरूआती दिनदेखि नै ग्राहकको बाक्लो भीड लाग्ने गरेको ताम्राकार सम्झन्छन् ।  

ताम्राकारका अनुसार आउटलेटमा दैनिक २०० भन्दा बढी ग्राहकहरू आइरहेका हुन्छन् । सामान्य हेर्दा चिकेन स्टेसनमा निकै सस्तो मूल्यमा चिकेन आइटमहरू खान पाइन्छ । ठूला प्याकबाहेक सामान्य परिकारहरू १०० देखि ५०० रुपैयाँसम्ममा नै पाइने भएकाले पनि चिकेन स्टेसनको लोकप्रियता बढेको उनको बुझाइ छ ।

सोही आकर्षण वा बजार मागका कारण काठमाडौं उपत्यकामा मात्रै चिकेन स्टेसनको आउटलेट ३५ वटा रहेका छन्, त्यसमध्ये ४ वटा निर्माण भइरहेको छ ।

शंखमूल पुल दोभान, शान्तिनगर, गोंगबुचोक, पेप्सीकोला, फूटबल ग्राउन्ड, पेप्सीकोला टाउन प्लानिङ लगायत स्थानमा आउटलेट निर्माण कार्य भइरहेको छ । ‘करीब केही महिना भित्रमा नै यी आउटलेटहरू सञ्चालनमा आउँछन्,’ उनले भने ।

ताम्राकार यतिखेर आउटलेट विस्तारमा आक्रामक ढंगले लागेका छन् । उनका नजरमा विशेषगरी नयाँ तथा विकास हुँदै गरेका बस्तीहरू विशेष हुन्छन् । यससँगै कलेज क्षेत्र, अफिस क्षेत्र, रेस्टुरेन्ट भएका क्षेत्रहरूमा चिकेन स्टेसनको आउटलेट बनाउन उनी दिनरात सोचिरहेका हुन्छन् । 

अबको ४ वर्षभित्रमा काठमाडौं उपत्यकामा मात्रै करीब ८०–१०० वटासम्म आउटलेट सञ्चालन गर्ने सोचमा छन् यतिखेर उनी । २०८३ सम्ममा १०० वटा स्टेसन बनाउने गरी काम गर्ने योजना बनाएको उनी बताउँछन् ।

सबै आउटलेटका परिकारमा एउटै स्वाद 

सामान्यतया फ्रेन्चाइज खोलिएका रेस्टुरेन्टमा एकै किसिमका स्वादमा खानेकुरा उपलब्ध गराइने गरिएको छ तर समय–समयमा ग्राहकले स्वादमा फरक आइरहेको गुनासो गरिरहेका हुन्छन् । 

ताम्राकारका अनुसार चिकेन स्टेसनले पनि सबै आउटलेटमा एकै स्वाद कायम गर्नका लागि प्रयास गरिरहेको छ । जसका लागि ललितपुरको कुपण्डोलमा ‘सेन्ट्रल किचेन’ बनाइएको छ । जसबाट हरेक सामानमा मसला एकै किसिमको राख्ने गरिन्छ र हरेक आउटलेटमा पुर्‍याइने काम पनि हुन्छ ।

ताम्राकार भन्छन्, ‘हामीले सामान यहाँबाट पठाउँछौं । स्वादमा भिन्नता छैन । तर एउटै स्वाद दिने प्रयास छ ।’

दैनिक कति खपत हुन्छ कुखुरा ?

ताम्राकारका अनुसार अहिले मुलुकभर छरिएर रहेका चिकेन स्टेसनका आउटलेटहरूमा दैनिक ८०० किलोग्राम कुखुरा खपत हुने गरेको छ । नुवाकोट तथा काठमाडौंमा उत्पादित ब्रोइलर कुखुराको मासु अहिलेसम्म प्रयोग गरिरहेको ताम्राकार बताउँछन् ।
 
उनका अनुसार केही व्यवसायीले नुवाकोट र काठमाडौंमै किसानमार्फत उत्पादित कुखुरा काठमाडौं ल्याउँछन् । ती व्यवसायीबाट चिकेन स्टेसनले कुखुरा खरिद गर्छ र कुपण्डोलमा रहेको आफ्नो कोल्ड स्टोरमा राख्ने गर्छ । 

कोल्ड स्टोरमार्फत आवश्यक कुखुराका विभिन्न ‘आइटम’ बनाएर सबै आउटलेटमा पठाइने गरेको ताम्राकार बताउँछन् । करीब ७०० किलो कुखुरा स्टकमा राख्ने गरिएको उनले बताए । व्यवसायीसँग एकपटकमा कम्तीमा ४०० वटा कुखुरा लिने गरिएको छ । 

विदेश जान नपाउँदा बन्न पुगे व्यवसायी

ताम्राकारको जन्म करीब ३५ वर्षअघि धरानमा भएको थियो । धरानको मध्यम परिवारमा उनको जन्म भएको थियो । उनका बुवा फर्निचर व्यवसायी थिए भने उनकी आमा गृहिणी ।

धरानमा जन्मिए पनि उनको बाल्यकाल काठमाडौंमा नै बित्यो । ताम्राकारका १ दाइ र १ दिदी छन् । उनी परिवारको कान्छो छोरा हुन् । जन्मिएको ६ महिनामा नै उनी आमाबुवासँग काठमाडौं आएका थिए । 

बाल्यकालमा बिदा मनाउनबाहेक अरु बेला उनी धरान खासै गएनन् । उनले प्राथमिक शिक्षा ललितपुरको थसिखेलमा रहेको लोटस बोर्डिङ स्कूलमा अध्ययन गरे । २०६० सालमा उनले एसएलसी परीक्षा लोटसबाटै दिएका थिए । १२ कक्षामा उनले होटल म्यानेजमेन्ट अध्ययन गरे ।

विद्यार्थी जीवनमा हिसाबकिताब अलि गाह्रो लाग्ने भएकाले उनले सहजताका लागि होटल म्यानेजमेन्ट अध्ययन गरेका थिए । सजिलोका लागि होटल म्यानेजमेन्टमा रुचि देखाएका उनी यतिखेर होटल, रेस्टुरेन्ट क्षेत्रमै रमाइरहेका छन् । 

कक्षा १२ अध्ययनपश्चात ताम्राकारले विदेशमा गएर अध्ययन गर्ने र त्यतै सेटल हुने सोच बनाए । २०६३ सालमा उनले विदेश जानका लागि निकै प्रयास र मेहनत गरेका थिए तर जति मेहनत गरे पनि उनको विदेश जाने र धन कमाउने योजना पूरा हुन पाएन । 

त्यतिखेर उनले यूके र अस्ट्रेलिया जाने चाहना राखेका थिए । यूकेमा ४ पटक प्रयास गरे तर चारै पटक उनले भिसा पाएनन् । अस्ट्रेलिया जानका लागि ६ पटकसम्म प्रयास गरे उनले तर ६ पटकसम्म उनी सफल हुन सकेनन् । 

अस्ट्रेलिया जानका लागि उनले बार ट्रेनिङ समेत लिएका थिए । बाहिरी मुलुकमा गएर काम गर्ने पटक–पटकको असफल प्रयासपछि उनले यतै होटल सञ्चालन गर्ने योजना बुने । त्यसपछि काठमाडौंको अनामनगरमा उनले एउटा रेस्टुरेन्ट ‘क्याफे नेक्स्ट’ सञ्चालनमा ल्याए । यो २०६४ सालको कुरा हो । करीब १८ लाख रुपैयाँ लगानीमा उनले आफ्नो पहिलो व्यवसाय सञ्चालनमा ल्याएका थिए । 

बुवासँग १८ लाख रुपैयाँ लिएर उनले होटल शुरू गरेका थिए । त्यतिखेर उनी करीब १९–२० वर्षका मात्रै थिए ।

सानै उमेरमा छोराले व्यवसाय गर्छु भनेपछि उनका बुवाले आफ्नै फर्निचर व्यवसायमा सहयोग गर्न आग्रह पनि गरेका थिए तर उनले रेस्टुरेन्टमा नै लगानी गर्ने मन देखाए, बुवाले पनि उनलाई सहयोग गरे ।

सानैदेखि व्यवसायमा रुचि राख्थे उनी । ४/५ कक्षामा पढ्दा नै उनले आफ्नो घरमा किराना पसल सञ्चालन गर्ने गरेका थिए । बिदाको समयमा सञ्चालन हुने पसलले नै व्यवसायतर्फ रुचि देखाएको उनी बताउँछन् ।

‘सायद मलाई त्यतिखेरको किराना पसलले नै व्यवसायमा डोर्‍याएको थियो,’ उनी भन्छन् । रेस्टुरेन्ट करीब ३–४ वर्ष चल्यो, जसमा ९ जना कर्मचारी थिए । अपेक्षा गरेजस्तो नभएपछि उनले रेस्टुरेन्ट बन्द गरिदिए । त्यतिखेर रेष्टुरेन्ट चलेको थियो तर उनलाई किन–किन त्यतिले होला जस्तो लागेन ।

क्याफे नेक्स्ट २०६६ सालसम्म चल्यो । घरबेटीसँग कुरा नमिलेपछि उनले रेस्टुरेन्ट नै बन्द गरे । त्यसका २ वटा शाखा थिए झम्सिखेलमा तर खासै सफल भएनन् उनी ।
 
पछि झम्सिखेलमै सिनामन रेस्टुरेन्ट सञ्चालनमा ल्याए उनले । ५ जना मिलेर ५५ लाख रुपैयाँ लगानीमा त्यो रेस्टुरेन्ट खोलिएको थियो । त्यो रेस्टुरेन्ट राम्रै चलिरहेको थियो । बीचमा उनी त्यसबाट लगानी झिकेर बाहिरिए । यो ६७ सालतिरको कुरा हो । 

उनी भन्छन्, ‘पार्टनरशिपमा कुरा मिलेन, मलाई उनीहरूको कुरामा चित्त नबुझेपछि बाहिरिएको थिएँ ।’

झम्सिखेलमै रहेको एउटा पुरानो रेस्टुरेन्ट ‘हेडप्ट’ २२ लाख रुपैयाँमा किने उनले तर त्यो बनाउँदा–बनाउँदै उनी थाके । उनी  भन्छन्, ‘केही फाइदा पनि हुने भएपछि मैले करीब ३२ लाखमा रेस्टुरेन्ट बेचें ।’ 

सिलगुढीको यात्रा र फ्राइड चिकेनमा नजर

पछि उनले रेस्टुरेन्टमा काम नगर्ने मूड बनाए । उनी धरानतर्फ लागे । धरानको घरमा केही समय बसे । धरानबाट भारतको सिलगुढी नजिक पर्छ । उनी धरानमा रहँदा सिलगुढी जाने गरेका थिए । त्यहाँ केएफसी जस्तै रेस्टुरेन्टहरू सञ्चालनमा रहेको देखे । 

नेपालमा त्यतिखेर केएफसी भर्खरै आएको थियो, केएफसीको माहोल राम्रै थियो । केही समयपछि उनी धरानबाट काठमाडौं आए । केएफसीका कर्मचारीहरू बाहिरिएर पाटनमा विङ्स एण्ड थिङ्स रेस्टुरेन्ट खोलेका रहेछन् ।
 
ताम्राकारले त्यहाँ गएर एउटा फ्रेन्चाइज आफूलाई दिन आग्रह गरे । उनीहरूले फ्रेनचाइजका लागि ६५ लाख मागे तर त्यतिखेर उनीसँग ६ लाख रुपैयाँ मात्रै थियो । ताम्राकार भन्छन्, ‘६ लाख रुपैयाँ मात्रै भएको मान्छेले कसरी ६५ लाख लगानी गर्नु ?’

त्यसपछि उनी सिलगुढीतर्फ फेरि गए । त्यहाँ उनले रेस्टुरेन्टहरू नियाले, मसलाहरू सबैबारे केही बुझे । त्यसपछि काठमाडौं आएर उनले एउटा कफी शपमा फ्राइ चिकेन बनाएर बिक्री गर्न थाले । त्यतिखेर ‘फ्राइयर’ (फ्राइ गर्ने भाँडो) पाइँदैन्थ्यो । बल्ल–बल्ल एकठाउँमा पाएपछि त्यहाँ राम्रो बिक्री हुँदै गयो । करीब ४ महिना काम गर्दा निकै उत्साहजनक रहेको उनी सुनाउँछन् ।

त्यतिखेर ललितपुरको पाटनमा वसन्त लामाको बर्गर हाउस सञ्चालनमा रहेको थियो । त्यहाँ पनि ताम्राकारले चिकेन आइटम राख्न थाले । 

त्यसपछि एक भयो बर्गर हाउस एण्ड क्राउन्ची फ्राइ चिकेन

वसन्त लामाको बर्गर हाउस र निकेश ताम्राकारको चिकेन आइटम पनि बिक्री शुरू भयो । यो ‘मिक्स’ले काठमाडौंमा बर्गर तथा चिकेन पारखीहरूका लागि नयाँ स्वाद पस्किन थाल्यो । ग्राहकहरूले निकै नै रुचाउन थाले । 

त्यसपछि दुवै जना मिलेर काठमाडौंको शंखमूलमा द बर्गर हाउस एण्ड क्राउन्ची चिकेन स्टेसन सञ्चालनमा ल्याए । यो स्टेसन अहिले पनि सञ्चालनमा छ । लामा र ताम्राकारको व्यवसायले विभिन्न ठाउँमा आउटलेट विस्तार गर्दै गयो । करीब ३ वर्षसम्म लामा र ताम्राकार सँगै भए ।  

क्राउन्ची चिकेनको परिकल्पना र चिकेन स्टेसनको यात्रा

३ वर्षपछि लामा र ताम्राकार आपसी समझदारीमै छुट्टिए । उनले ललितपुरको झम्सिखेलबाट चिकेन स्टेसनको पहिलो आउटलेट सञ्चालनमा ल्याए । २०१७ सालको लक्ष्मी पूजाको दिन उनले चिकेन स्टेसनको औपचारिक उद्घाटन  गरे । करीब ५० लाख रुपैयाँ लगानीमा उनले स्टेसन सञ्चालनमा ल्याएका थिए । 

चिकेन स्टेसनले शुरूआती दिनदेखि नै कारोबार राम्रो गर्दै गयो । ग्राहकले चिकेन आइटम रुचाउँदै गएको ताम्राकार बताउँछन् । शुरूमा करीब १२ जनाले रेस्टुरेन्ट चलाएका थिए । 

चिकेन स्टेसन ब्राण्ड उनले परिकल्पना गरेका थिए । उनले नै लोगो र नामलाई ब्राण्ड बनाएका थिए । झम्सिखेलमा करीब ४ जनाको संयुक्त लगानीमा पहिलो आउटलेट सञ्चालनमा ल्याइएको थियो । पहिलो आउटलेट सञ्चालनमा ल्याएको १ महिनादेखि नै कारोबार राम्रो रहेको उनी सम्झन्छन् । 

त्यसको २ महिनामै अर्को आउटलेट पुरानो बानेश्वरमा सञ्चालनमा ल्याए । क्षेत्रपाटी हुँदै अन्य ठाउँमा पनि आउटलेट सञ्चालनमा ल्याए । उनले १ वर्षमा करीब ८ वटा आउटलेट सञ्चालनमा ल्याइसकेका थिए । 

एउटा आउटलेटबाट करीब १०–१२ हजार रुपैयाँ शुल्क लिने गरेको उनी बताउँछन् । सोही शुल्कमा कम्पनीले विभिन्न तालिम, प्रशिक्षण लगायत सेवासुविधा दिने गरेको उनी सुनाउँछन् । 

कम्पनी आफैंले चलाइरहेको छ भने त्यसलाई आउटलेट भनिन्छ । अहिले कम्पनीका ४ वटा आउटलेट सञ्चालनमा छन् । 

कम्पनीले नचलाएर अन्य व्यक्ति वा समूहले चलाउँछ भने त्यसलाई फ्रेन्चाइज भनिन्छ । अहिले चिकेन स्टेसनका आउटलेट करीब ४२ वटाभन्दा बढी रहेकाताम्राकार बताउँछन् । 

अस्ट्रेलियामा फ्रेन्चाइजको योजना

ताम्राकारका अनुसार अहिले कम्पनीले अस्ट्रेलियामा फ्रेन्चाइजका लागि काम गरिरहेको छ ।

उनी भन्छन्, ‘२०२३ सालको मध्यसम्ममा अस्ट्रेलियामा चिकेन स्टेसनको फ्रेन्चाइज सञ्चालनमा ल्याउनका लागि वर्कआउट भइरहेको छ ।’

नेपालमा पनि यस वर्ष मात्रै करीब १० वटा आउटलेट थप्ने उनको योजना छ ।

भारतमा पनि बजार बिस्तार हुँदै

भारतमा पनि चिकेन स्टेसनले आफ्नो बजार विस्तार गर्ने तयारी गरिरहेको छ । भारतमा बर्गर हाउसका वसन्त लामा र चिकेन स्टेसनका निकेश ताम्राकारसँगै काम गर्न लागिरहेका छन् । 

ताम्राकार भन्छन्, ‘वसन्त र म फेरि सँगै हुँदैछौं । यसका लागि हामी तयारी गरिरहेका छौं ।’

ताम्राकारको लोभलाग्दो सफलता

चिकेन स्टेसनको सफलताबाट सानै उमेरमा ताम्राकारले एक किसिमको सफलता हासिल गरिरहेका छन् । यही क्रेजलाई कायम राखिरहन ताम्राकार अहिले रातदिन काम गरिरहेका हुन्छन् । उनी भन्छन्, ‘एक चरण सफल भइसकेको अनुभूति त हुन्छ तर यसैमा सधैं खुशी हुने कि थप सफल हुन लाग्ने भन्ने मुख्य कुरा हो ।’

करीब ४५–६० लाख रुपैयाँबाट शुरू भएको चिकेन स्टेसनमा ताम्राकारले ७ करोडभन्दा बढी पुँजी पुर्‍याइसकेका छन् । आफ्नै कम्पनीको आउटलेटहरूमा उनले लगानी विस्तार गर्दै ७ करोडभन्दा बढी पुँजी पुर्‍याइसकेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x