०७ असार २०८३, आइतबार

एसएस फाउण्डेशनद्वारा ३ विद्यालयका विद्यार्थीहरूलाई झोला हस्तान्तरण

एसएस फाउण्डेशनद्वारा ३ विद्यालयका विद्यार्थीहरूलाई झोला हस्तान्तरण

सुवर्णसमशेर जबरा (एसएस) फाउण्डेशनले दोलखाका तीन वटा विद्यालयहरूलाई झोला वितरण गरेको छ । शनिवार फाउण्डेशनले काठमाडौंमा एक कार्यक्रम गरी दोलखाको त्रिपुरासुन्दरी ताम्रापालिका र तिखातल आधारभूत विद्यालयका विद्यार्थीहरूलाई झोला हस्तान्तरण गरेको हो । 

फाउण्डेशनले विभिन्न समयमा विद्यार्थीहरूका लागि आवश्यक सामग्रीहरू हस्तान्तरण गर्दै आइरहेको छ । हस्तान्तरण कार्यक्रमपछि बोल्दै वरिष्ठ कलाकार मदनदास श्रेष्ठले फाउण्डेशनको उद्देश्य असहाय विद्यार्थीहरू पढाइबाट वञ्चित नहोउन् भन्ने रहेको बताए । उनले शैक्षिक सामग्रीहरूका साथै दैवी प्रकोपको बेलामा फाउण्डेशनले दैवी प्रकोप उद्धारका सामानहरू वितरण गरिरहेको बताए । उनले संस्थाले विद्यार्थीहरूको शैक्षिक भविष्यलाई ठूलो सहयोग पुर्‍याइरहेको बताए ।
 

कमेन्ट गर्नुहोस्