अमेरिकाको क्यालिफोर्नियामा रहेको एक नेभल एयर स्टेसनमा विमान धावनमार्गबाट चिप्लिएर प्रशान्त महासागरको तटबन्धमा पुगेको छ ।
शुक्रवार भएको घटनामा अमेरिकी जलसेनाले ठेक्का लिएको विमान अपराह्न सबा १ बजेतिर अवतरण गर्न खोज्दा धावनमार्गबाट चिप्लिएको हो । त्यहाँबाट विमानसान डिएगो बेको तटबन्धमा पुगेको थियो ।
विमानमा दुईजना सवार थिए । घटनापछि उनीहरू विमानबाट भाग्न सफल भए । दुवैजनालाई उपचारका लागि अस्पताल लगिएको छ ।
घटनाको भएको समयमा के नामक आँधी चलिरहेको थियो । त्यसले पारेको पानीका कारण धावनमार्ग चिप्लो भएको हो ।
उड्डयन अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन् ।