३२ असार २०८३, बिहीबार

सम्पन्न भयो गोल्डन ओक १२औं कृति अवार्डस्

सम्पन्न भयो गोल्डन ओक १२औं कृति अवार्डस्

नेपाली विज्ञापन सिर्जनाको सम्मानार्थ २०६० सालदेखि नेपाल विज्ञापन संघले हरेक वर्ष आयोजना गर्दै आएको कृति अवार्डसको बाह्रौं संस्करण ‘गोल्डन ओक १२औं कृति अवार्डस २०७९’ यहि भाद्र २५ गते शनिवार होटल सोल्टीमा भव्य समारोहका बीच सम्पन्न भएको छ । 

वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले उद्घाटन गरेको सो कार्यक्रम दिउसो ४ः०० बजे शुरू भई साँझ ७ः३०बजे समापन भएको थियो भने कार्यक्रमलाई  नेपाल टेलिभिजन लगायत अधिकांश टिभि च्यानलहरुले प्रत्यक्ष प्रसारण गरेका थिए ।

बाहौं कृति अवार्डसको मुख्य प्रायोजक “गोल्डन ओक, पावर्ड वाई बाल्ट्रा र डिस मिडिया नेटवर्क रहेका छन भने इन एसोसियन विइथमा डावर नेपालका साथै मुक्तिनाथ बिकास बैक बैंकिङ पार्टनर र गुरु ट्राभल्स ट्राभल पार्टनर, सपोर्टेड बाईमा प्रभु बैंक लिमिटेड, आटिपिएफ, सेल पे, सिफ्ट हाइजिन,  राष्ट्रिय वाणिज्य बैक ,कृषि विकास वैक लिमिटेड, क्युएफएक्स र हस्पिटालिटि पार्टनर सोल्टि होटल रहेका थिए । 

३१ वटा बिभिन्न विधाको अवार्डस्का लागि ४५ वटा एजेन्सीहरूले सहभागीता जनाएकोमा विभिन्न १५ एजेन्सिहरुले ५० वटा पुरस्कार पाएका छन् ।

पुरस्कार पाउने एजेन्सीहरु मध्ये मेकवेज प्रालिले १९ वटा, बिजनेस एडभान्टेज –५, प्रिज्मार्क मार्केटिङ –५, आउटरिच नेपाल –४, डिजिटलइन –४ अभानी एडभर्टाजिंग –३ एएनएस क्रिएसनले –२ र म्याक्स मिडिया, प्रिज्मा एडभरटाईजिङ कन्सर्ट वान, डिएनए टेक्नोलोजी, मार्स प्रा.लि., कि एडभरटाइजिङ, सुश्री मिडिया र ह्याप्पी वक्र्सले १–१ वटा अवार्ड जितेका छन् ।

कार्यक्रमको सभापतित्व गर्दै आनका अध्यक्ष सोम प्रसाद धितालले प्रमुख अतिथि र आमन्त्रित सम्र्पुण अतिथिहरूमा धन्यवाद सहित समापन मन्तव्य राख्दै एजेन्सिहरूको उल्लेख्यनीय सहभागिताको प्रशंसा गरेका थिए ।

यस्तै सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुन्ठ अर्यालले कृति अर्वाडसको प्रसंसा गर्दै यस्ता सिर्जनशील कार्यक्रमले देशको आर्थिक विकासमा टेवा पुग्ने बताए ।

नेपाल विज्ञापन संघद्वारा आयोजित उक्त कार्यक्रममा ३१ बिधाका उत्कृष्ठ विज्ञापनहरुलाई अतिथिहरुबाट अवार्डस् प्रदान गर्नुका साथै खादा–माला पहिराई गरि सम्मान गरिएको थियो ।

६०० जनाभन्दा बढी प्रत्यक्ष उपस्थित दर्शकबीच गरिएको उक्त समारोहमा मदनकृष्ण श्रेष्ठ, शम्भुजित बास्कोटा, भुवन के.सी, दिपक राज गिरीले लगायत प्रतिष्ठित उद्योगी ब्यबसायीहरूले विजयीहरुलाई अवार्डस प्रदान गरेका थिए । 

कार्यक्रममा इन्दिरा जोशीका साथै अन्य कलाकारहरुले आ–आफ्नो नृत्य तथा कला प्रर्दशन गरेका थिए  ।
 

salt training

कमेन्ट गर्नुहोस्