
सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो २०२२ भृकुटी मण्डप, काठमाडौंमा भाद्र ३१ देखि असोज २ गतेसम्म हुने भएको छ । यो एक्स्पो खाद्य, पेय पदार्थ र आतिथ्यतामा विशेष केन्द्रित रहने आयोजकले जनाएको छ ।
नेपालमा यस क्षेत्रको बृद्धिका लागि मान्यता प्राप्त यो एक मात्र एक्स्पो हो ।
विगतका दशकमा होटल, रेस्टुरेन्ट, बार, क्याफे, बेकरी र पार्टी प्यालेसहरू अपेक्षाभन्दा धेरै बढेको छन् ।
त्यसैगरी, टेक-अवे फूड आउटलेट, फाष्ट फुड क्याफे , किराना पसल र सुपर-मार्केटहरू पनि हाम्रो छर-छिमेकमा उल्लेख्य संख्यामा खुलेका छन् ।
गत कोरोनाकाल अर्थात् तीन बर्ष पश्चात, विगतका बर्षहरु मध्ये यस बर्ष पनि हुन लागेको 'सेन्चुरी फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२' सबैभन्दा महत्त्वपूर्ण संस्करण हुनेछ ।
एक्स्पोले लगभग ३०,००० आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ जसमध्ये व्यापारिक आगन्तुकहरु १२,००० भन्दा बढी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
यसले होटल व्यवसायीहरू, रेस्टुरेन्ट संचालक/प्रबन्धकहरू , क्लब , बार/पब मालिक प्रबन्धकहरू , पार्टी प्यालेसका मालिक प्रबन्धकहरू, क्यान्टीन सञ्चालक , स्कूलहरू, कलेजहरू, होस्टलहरू र अस्पतालहरू, खाना पकाउनेहरू, शेफहरू, बारटेन्डरहरू, सुपर-मार्केटहरू र किराना पसलहरू , स्टोर मालिकहरू प्रबन्धकहरू, बेकरीहरू, स्न्याक्स र प्रशोधित खाद्य उत्पादकहरू, कृषि प्रशोधन उत्पादकहरू आदि लाई एक्सपोमा सहभागी हुने बताइएको छ ।
यस कार्यक्रम मार्फत् आगन्तुकहरुले खाना, पेय पदार्थ र आतिथ्य उत्पादन तथा सेवाहरूको बारेमा विस्तृत रुपमा बुझ्न पाउनेछन् ।
एक्स्पोमा करिब १५० कम्पनीहरुबाट करिब ५००० उत्पादन र सेवाहरु प्रस्तुत गरिने बताइएको छ।